ठुला विमान रोक्नु पर्यटन सिध्याउने खेल पर्यटन व्यवसायी

सागर राज तिमिल्सिना
पोखरा, ४ भदौ/ठूला विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगर्न सम्वन्धित कम्पनीलाई सरकारले गरेको आग्रह पर्यटन क्षेत्रलाई सिध्याउने खेल भएको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले संघका तर्फबाट मंगलवार एक विज्ञप्ति जारी गरी नेपाल नागरिक उड्डयन प्राधिरणलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको धावन मार्ग पटक पटक उप्किएको जनाउँदै ठूला जहाज तत्कालका लागि नेपाल नपठाउन गरेको पत्रचार प्रर्ति आपत्ति पकट गरे । पर्यटन मौसमको मुखमा आएर चालिएको सरकारी कदमलाई दुर्भाग्यपूर्ण भन्दै संघले त्यस्तो खवरले पर्यटन व्यवसायी मर्महात बनाएको जनाएको छ । “सरकार र प्राधिकरणको यस्तो हर्कतलाई नेपालको पर्यटन उद्योगलाई ध्वस्त पार्ने खेलको रुपमा पश्चिमाञ्चल होटल संघ पोखराले बुझेको छ ।
पत्रकार सम्मेलन नै गरी नेपालमा ठूला जहाज नपठाउन गरिएको आग्रहले नेपाली उड्डयन क्षेत्रको छवि धुमिलो त भएको छ नै यसले पर्यटन उद्योलाई समेत सिध्याउने बुझाई हाम्रो छ ।” विज्ञप्तिमा भनिएको छ । यस्तो निर्णयलाई फिर्ता लिंदै विमानस्थल सुधारको काम समेत सँगै सुरु गर्न संघले जोडदार माग गरेको छ । प्रवद्र्धनमा सहयोग गर्नुको सट्टा सरकार आफैंले पर्यटन क्षेत्रलाई हानी पु¥याउने निर्णयहरु गर्ने कार्य तुरुन्त बन्द गर्न सरकारलाई संघले सचेत गराएको छ ।
पोखरा, भैरहवा र निजगढमा निर्माण गर्ने भनिएका विमानस्थलको काम यथासक्य थाल्न तथा खरिद गर्ने भनिएका नयाँ विमानहरु छिटो भन्दा छिटो नेपाल भित्र्याउन सरकारको सक्रिय पहलका लागि समेत संघले जोडदार माग गरेको छ  । “पर्यटन क्षेत्रलाई सिध्याउने र ध्वस्त पार्ने खेलहरु बारम्वार भइरहे संघ जस्तो सुकै आन्दोलन गर्न समेत पछि नपर्ने जानकारी गराउन चाहन्छौं ।” अध्यक्ष शर्माले विज्ञप्तिमा भन्नुभएको छ ।

कमेन्टहरु
Loading...