कास्कीमा चुनावी सरगर्मी बढ्न थाल्यो, उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु

भुपाल गुरुङ
पोखरा, ४ भदौ/दोश्रो पटक हुने लागको संबिधानसभा निर्बाचनका लागी कास्कीका राजनीतिक दलहरुले चुनाबी प्रचार प्रसारका साथै आफनो पक्षमा जनमत बटुल्नका लागी सकृयता देखाउन थालेका छन् । चुनाबी प्रचार प्रसारका साथै जनमत बुझने अभियानमा कास्कीमा एकृकित माओबादी पार्टी अगाडी देखिन्छ । यधपी अरुको तुलनामा उक्त पार्टी भित्रै नै चर्को बिबाद र ध्रुबीकरण रहेको पार्टी स्रोतको दावी छ ।bbbbbbbb
त्यसैगरि नेपाली कांग्रेस पार्टी भित्र स्थापनाकाल देखी नै रहंदै आएको संस्थागत झगडा भने अहिले खासै नदेखिएको भएतापनि जिल्लास्तरमा जुन गतिबाट चुनाबी अभियान संञ्चालन गर्न सकेको छैनत भने रिक्त रहेका जिल्ला देखी क्षेत्र हुंदै गाउं तहसम्मका इकाईहरुमा पदपुर्ति गर्न सकेको छैन । त्यसै गरि नेकपा एमालेले चुनाबी अभियानलाई उठाउन खोजिरहेता पनि पार्टी भित्रको ध्रुबीकरणको शिकार जिल्ला समितिका, क्षेत्र, नगर र गाउं तहसम्म पुगेको छ ।
यसैबिच नेपाली कांग्रेसले आफना क्षेत्रिय समिती मार्फत जिल्ला समितीलाई सम्भाबित उम्मेदवार चयन गरि भाद्र २० गते भित्र पठाउन परिपत्र जारी गरेपछि भने चुनाबको रौनक तात्दै गएको छ । बिगत निर्बाचनमा नयां अनुहार (युवा पुस्ता )रोजेका कस्केलीले यस पटकको निर्बाचनबाट भने भरपर्दो जिल्लाको बिकासमा केन्द्रित रहने नेताको खोजीमा रहेको देखिन्छ । राजनितिक दलहरुबाट उम्मेदवार कुन र कस्ता चयन गर्ने हुन नखुलेको भएतापनि बजारमा भने सम्भाबित उम्मेदवारको नामको अडकलबाजी सुरु हुन थालेको छ ।
बिगत ०६४ सालको निर्बाचनमा सबैभन्दा ठुलो दलको स्थान बनाएको माओबादी बिभाजन पछि प्रचण्ड नेतृत्वको एकृकित माओबादी चेनाबी अभियानमा होमिसकेको छ । जिल्लामा यतिबेला उमेद्दवारी दिनेहरु पुराना देखी नयाँ पुस्ता सम्म देख्न सकिन्छ । यस पटकको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेस कास्की बाट उमेद्दवारीका लागि केहि व्यक्तिहरुको नाम चर्चामा छ । विषेश गरि कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ पुर्वमहामन्त्री तारानाथ रानाभाट, वत्र्तमान जिल्ला सभापति तथा गत निर्बाचनमा पराजित उम्मेदवार यज्ञ बहादुर थापा, जिल्ला सचिव कृष्ण केसी र केन्द्रिय सदस्य जिवन परियारको नाम चर्चामा छ ।
पुर्वमहामन्त्री रानाभाट बिगतमा निर्बाचित भएपछि जिल्लालाई बेवास्ता गरेको आरोप पार्टी भित्रैबाट लागेको पाइन्छ । त्यसैगरि जिल्ला सभापती थापाले गत निर्बाचनमा पराजित भएका कारण पनि यस पटक स्वभाबिक दाबेदारका साथै सो क्षेत्रमा राम्रो संगठन बनाइएका कारण पनि टिकट दिइनुपर्ने बताइन्छ । जिल्ला सचिव केसी कास्कीका ग्रामीण क्षेत्रमा राम्रो पकट बनाएका व्यक्तिमा गनिन्छ । ग्रामीण क्षेत्रमा देखिएको केसीको जनसर्मथन र संगठन विस्तारलाई मुल्याङकन गर्ने हो भने टिकट पाएमा क्षेत्र नम्बर १ बाट जित्ने सम्भवना रहेको बताइन्छ ।
त्यसैगरि कांग्रेसले क्षेत्र नम्बर २ मा गुरु बराल, निर्मल कर्माचार्य, कृष्ण कार्की, शारदा पौडेल र ऋषी काफ्लेको नाम चर्चामा छ । बराल नेपाल बिधार्थी संघको जिल्ला नेतृत्व सम्हाल्दै संघको केन्द्रिय उपाध्यक्ष सम्म पुगेका उनी हाल महाधिवेशन प्रतिनिधी रहेका छन । भने कर्माचार्य दुई कार्यकाल क्षेत्रिय सभापतिको नेतृत्व सम्हालिसक्नुका साथै हाल महासमिति सदस्य हुन् । त्यसैगरि उमेद्दवारीका लागि इच्छा गरेका युवा नेता कार्की नेपाल तरुण दलको बिभिन्न तहमा नेतृत्व सम्हालिसकेका उनी पनि महासमिति सदस्य हुन ।
उनी युवा पंक्तिमा अत्यन्त्तै लोकप्रिय रहेको कार्कीका बिश्वासपात्र मानिएका तरुण दलका नगर अध्यक्ष बसन्त कार्कीले युनाइटेड दैनिकलाई बताए । त्यसैगरि पहिलो संविधान सभाको निर्वाचन उमेद्दवारी दिएर पराजित भएका शारदा पौडेलले यस पटकको निर्वाचनमा जित्ने सम्भवना देखेर उमेद्दवारी दिने सोँचमा रहेको बताएकी छिन । पौडेलले यस पटकको निर्वाचनमा जित्ने आशा राखेकी छिन । क्षेत्र नम्बर २ बाटै उमेद्दवारीको चर्चामा रहेका काफ्ले तरुण दल कास्कीका अध्यक्ष तथा महासमिति सदस्य हुन् ।
उनले कास्कीका तरुणहरुको प्रतिनिधित्व गर्दै यस पटकको निर्वाचनमा उठ्ने इच्छा गरेको बताइन्छ । युवा नेता काफ्लेले टिकट पाए पोखराका युवाहरुको साथ मिल्ने बताउछन । भने क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति माधव बास्तोलाको पनि सम्भावना रहेतापनि संविधान सभा पछि हुने स्थानिय निकायको चुनावमा नगरको नेतृत्व सम्हाल्नुपर्ने कतिपयको सुझाब रहेको छ । त्यसैगरि क्षेत्र नम्बर ३ मा क्षेत्रिय सभापति शोभाचन्द्र बराल, पुर्व जिल्ला सभापति शोभियत बहादुर अधिकारी, युवा नेता देवराज चालिसे, महिला नेतृ वृन्दा राना मगर र सुनयाना पालिखेको नाम चर्चामा छ । यी मध्ये अधिकारी देउवा पक्षिय नेताका रुपमा परिचित छन । एक पटक जिल्ला सभापति समेत भइसकेको अधिकारीको पनि सम्भवना उत्तिकै रहेको भनाइ छ । त्यसैगरि युवा नेता तथा कांग्रेसमा प्रष्ट्र विचार राख्ने नेताका रुपमा चालिसेलाई लिने गरिन्छ ।
उनले पनि यस पटकको चुनावमा लडने इच्छा गरेको बताइन्छ । भने महिला नेतृ राना मगर भने पहिलो निर्वाचनमा पराजित भएर पनि यस पटकको निर्वाचनमा जित्ने प्रबल सम्भवना रहेको उनी बताउंछिन । त्यसैगरि अर्की महिला नेतृ पालिखे भने राम्रो महिला व्यवसायीमा गानिन्छीन । उनले यस पटकको चुनावमा उमेद्दवारी दिने इच्छा व्यक्त गरेकी छिन । यसैविच कास्की कांग्रेसका उपासभापति तथा पोखरा नगरविकास समितिका अध्यक्ष विष्णु प्रसाद बास्तोलाले मंसिर ४ मा हुने भनिएको निर्वाचनमा आफूँले उम्मेदवारी दावी नगर्ने बताउदै आएका छन ।
चुनाव कै दौडानमा क्षेत्र नम्बर ४ बाट पुर्वसंसाद शुक्रराज शर्मा, पुर्व राज्यमन्त्री महादेव गुरुङ ,महासमिति सदस्य रामचन्द्र त्रिपाठी, क्षेत्रिय सभापति आइ बहादुर गुरुङ, जिल्ला सदस्यहरु मनोज गुरुङ, देवेन्द्र शेरचन, तरुणदलका केन्द्रिय सदस्य मुक्ति अधिकारी, तरुण दल पुर्व जिल्ला सचिव दिपक गुरुङ, लगायत चर्चामा छन । चर्चामा रहेका शर्मा पार्टीका पुर्व जिल्ला सभापतिका साथै गिरिजा प्रसाद कोइरालाको केन्द्यि समितीमा आमन्त्रित सदस्यको भुमिकामा काम गरिसकेका छन । पुर्व राज्यमन्त्री गुरुङका साथै जिल्ला सदस्यद्धय गुरुङ्ग र शेरचनले आफुहरु आदिबासी जनजाती समुदायबाट राम्रो मत ल्याउन सक्ने दाबीका साथ टिकट माग्ने सुरमा रहेको बताइन्छ ।
त्यसैगरि उमेद्दवारीका दावी गरेका अधिकारीले भने हिन्दु धर्मलम्बीहरुको संघ,संस्थाबाट आफुँलाई समर्थन हुने हुंदा टिकट दिइनुपर्ने दाबी गरेका छन । क्षेत्रिय सभापति समेत रहेका गुरुङ पार्टी प्रतिबन्धित अबस्था देखी नै सकृय ब्यक्ति हुन । दोस्रो निर्वाचन नजिकिदै गर्दा दावी गर्नेहरु पनि खुल्दै गएका छन । त्यसैगरि कास्कीबाट समानुपातिक तर्फ पुराना नेता खेमराज पौडेल, नेपाल महिला संघका केन्द्रिय सदस्य अनन्दीदेबी राणा कार्की, खेम कुमारी बराल, पुराना नेता हिरामणी सुवेदी, विन्दुदेवि सुवेदी, महासमिति सदस्य रसकुमारी गुरुङ, भवे सार्की, पदम सिँह गुरुङले इच्छा व्यक्त गरेको बुझिएको छ । इच्छा व्यक्त गर्ने कार्की शेर बहादुर देउवाका अत्यन्त्तै निकटको रहेको कांग्रेसीहरु बताउंछन ।
यसरी दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमाले कास्कीमा पनि उमेद्दवारीको चर्चा चल्न थालेको छ । उमेद्दवारी दिनेहरु केन्द्रिय नेता रिझाउनमै व्यस्त छन । एमालेले भने यस पटकको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट खगराज अधिकारी, मान बहादुर जिसी, पुष्पज्योति दुङ्गाना, चर्चामा छन । चर्चामा रहेका मध्ये ढुंङगाना एमाले अध्यक्ष झलनाथ खनाल निकट मानिन्छन भने जिसी जिल्ला अध्यक्ष हुन । त्यसैगरि बैकल्पिक पोलिटव्युरो सदस्य समेत रहेका अधिकारी भने जिसीलाई नै समर्थन गर्ने पक्षमा छन । त्यसैगरि नगर अध्यक्ष मोहन गुरुङले पनि सिफारिस दावी गर्ने बताइन्छ ।
एमालेले क्षेत्रनम्बर २ मा सोमनाथ अधिकारी प्यासी, झपिन्द्र गज कुमारी गूरुङ, र श्रीनाथ बरालको नाम आगाडि रहेको पार्टी स्रोतले बताएको छ । चर्चामा रहेका अधिकारी केन्द्रिय लेखा परीक्षण सदस्य तथा २०४८ सालको निर्वाचित संसाद हुन् । भने नेतृ गुरुङ पहिलो निर्वाचनमा पराजित उमेद्दवार हुन । गुरुङको यस अघिको चुनावमा गुरुङ समुदायबाट राम्रो समर्थन जुटाउन नसकेपनि यस पटक सम्पुर्ण संघसंस्थाबाट सहयोग पाउने दाबीका साथ टिकट लिन कृयाशिल रहेको बताउछिन । एमाले पार्टी बाट क्षेत्र नम्बर ३ बाट तुल बहादुर गुरुङ, राजिव पहारी, रविन्द्र अधिकारी, सृजना शर्मा, लिला बराल को चर्चा छ । अधिकारी पुर्व सभासद पनि हुन् । त्यसैगरि शर्मा अखिल नेपाल महिला संघका केन्द्रिय कार्यसमितिमा कार्य गरिसकेकी छिन ।
त्यसैगरि चर्चा मै रहेका तुल बहादुर गुरुङ वत्र्तमान केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री हुन् । बराल जिल्ला बिकास समितीका निबर्तमान उपसभापतिका साथै पार्टीका बिभिन्न तहमा जिम्मेवारी सम्हालेका नेता हुन । पार्टी बाट क्षेत्र नम्बर ४ मा पुण्य प्रसाद पौडेल, सिता गिरी, जगन्नाथ बास्तोला, दमोदार वैरागी, देवि सुवेदी मित्र कुमारी गुरुङ सुवेदी, लगायतको चर्चा छ । उमेद्दवारीका लागी इच्छा व्यक्त गरेका पौडेल पुर्व जिल्ला विकास समितिका र्बितमान सभापति हुन् भने गिरी गत निर्वाचनमा पराजित उमेद्दवार हुन । नाम आगाडि रहेका बास्तोला भने स्थानिय निकाय निर्वाचनमा निर्वाचित भएर कार्य गरिसकेको अनुभव भएको व्यक्ति हुन । उनको युवा समुह भित्र राम्रो पकड रहेको बुझिएको छ । यसैविच दश वर्षे जनयुद्ध लडेर पहिलो संविधान सभाको निर्वाचन बाट पहिलो पार्टी भएको एकिकृत नेकपा माओवादीले पनि विभिन्न नेताहरुलाई आगाडि सारेका छन ।
एमाओवादीले क्षेत्र नम्बर १ मा झलकपाणी तिवारी, कोमालनाथ बराल र गंगा पोखरेलको नाम चर्चामा छ । यस मध्ये तिवारी जिल्ला इन्चार्ज एबं केन्द्रिय सदस्य हुन भने बराल राज्य समिति स्तरका नेता हुन् । एमाओवादीले क्षेत्र नम्बर २ बाट पुर्वसभासद राजकाजी तमु,निबर्तमान सचिब बखानसिंङ्ग तमु आभाष , दिपक कोइराला, हरिनारायण, हरिनारायण गिरी, विश्वप्रकाश लामीछाने, राम प्रसाद पौडेलको चर्चा छ । त्यसैगरि क्षेत्र नम्बर ३ बाट रामजी बराल, हेम बहादुर थापा, टिकाराम पौडेल, तेज कुमारी पौडेल र ज्ञान बहादुर कोइराला, नगर बिकास समितीमा अध्यक्ष रहंदा नाम कमाएका जीत बहादुर गरुङ्ग को नाम अगाडि रहेको पार्टी स्रोतले दाबी गरेको छ । क्षेत्र नम्बर ४ बाट भने गुप्त बहादुर हमाल निर्बतमान सभासद दुर्गा बिक,धर्म तमु र खिमलाल देवकोटाले इच्छा व्यक्त गरेको बताइन्छ । इच्छा व्यक्त गरेका मध्ये देवकोटा बाहेक धेरै राज्य समिती स्तरको नेताहरु रहेका छन । भने मोहन बैध नेतृत्वको नेकपा माओबादीसंग भने निर्बाचनमा सहभागिताका लागी बार्ता जारी नै रहेको हुंदा उस्को उममेदवारको अडकल भने गरिएको पाइंदैन ।

कमेन्टहरु
Loading...