लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा शर्माको उमेदवारी

लेखनाथ ३ भदौं /लेखनाथ उद्योग वाणिज्य संघको भदौ २८ र २९ गते हुने नवौं महाधिवेशका लागि
जेसीज अभियानका अभियन्त स्थानीय युवा व्यवसायी एल के शर्मा ( लाल कृष्ण
शर्मा भट्टराई) ले अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेका छन्।
नयाँ कार्यसमिती चयन गर्नका लागि यहाँका उद्योग व्यवसायीहरुका विच चुनावी
सरगर्मी वढिरहेको अवस्थामा सोमवार आफना सुभ चिन्तक, सुभेच्छुक लेखनाथवासी
भु. पु. तथा वर्तमान कार्यसमितीका पदाधिकारी, राजनितीक पाटीका प्रतिनिधी
लगाएत उद्योग व्यवसायीहरुको उपस्थीतिमा लेखनाथ उद्योग वाणिज्य संघको
सभाहलमा राखिएको कार्यक्रम मार्फत शर्माले अध्यक्ष पदका लागि उमेदवारी
दिने घोषणा गरेका हुन्।
उमेदवार धोषणा कार्यक्रममा वोल्लै शर्माले आफुले नेपाल जेसीजमा लागेर
सिकेका हरेक कुराहरुलाई व्यवहारहारमा उतार्दै लेखनाथको औधोगीक विकासका
लागि युग सुहाउदो आधुनिक व्यवसायी प्रणालीलाई अगाडी वढाउने एवं स्वदेशी
तथा विदेशी लगानीकर्तालाई लेखनाथ सम्म ल्याउने वातावण मिलाउने लगाएतका ११
सुत्रिय कार्ययोजनालाई अगाडी वढाएका छन् ।
चुनावी वर्ष भएकाले केहि समय अगाडी देखि नै वावुराम गिरी ,   लक्ष्मी
प्रसाद त्रिपाठी, भगवान खाँड ठकुरी र कुलप्रसाद अधिकारीको नाम आए पनि
त्रिपाठी, खाँड र अधिकारीले उमेदवारी नदिने र वर्तमान अध्यक्ष सुमन
भटराईले पनि उमेदवारी नदिने निर्णय गरि पछि अध्यक्ष पदमा एल के शर्मा र
वर्तामन महासचिव वावुराम गिरीका विचमा कडा  प्रतिस्पर्दा हुने स्थीति
रहेको छ।
अध्यक्ष पदका लागि उमेदावारी दिएका गीरि वर्तमान कार्यकालका महासचिव र एक
कार्यकाल सदस्यको पदमा रहेर काम गरिसकेका छन् भने आर्का उमेदवार शर्मा
संघको एक कार्यकाल सदस्य र सल्लाकारमा रहेर काम गरिसकेका थिए ।

कमेन्टहरु
Loading...