पोखरामा खुल्यो मानसीक अस्पताल

पोखरा, ३ भाद्र/पर्यटकीय नगरी पोखरामा मानसिक रोगीलाई लक्षित गरी बीजी (बुद्धिसागर–गंगादेवी) हस्पिटल एण्ड रिसर्च सेन्टरले संचालनमा ल्याएको छ । आधुनिक समयसँगै शहरी क्षेत्रका मानिसले तनाव व्यवस्थापन गर्न नसक्दा मानसिक रोगको सङख्यामा बृद्धि हुदै आएकोले उनीहरुको समयमै उपचार गर्ने उद्धेश्यले उक्त हस्पिटल संचालनमा ल्याएको हस्पिटलका प्रबन्ध निर्देशक एवं रेडियोलोजिष्ट डाक्टर पुजन शर्मा लामिछानेले बताईन ।
IMG_5218हस्पिटलले मानसिक विरामीहरुको उपचारको साथमा परामर्श तथा डे केयर सेवा समेत संचालनमा ल्याएको छ भने बृद्धबृद्धाहरुको समेत डे केयरको रुपमा रेखदेख तथा उपचार गर्ने भएको लामिछानेले बताईन । १४ रोपनी क्षेत्रफलमा रहेको उक्त हस्पिटलमा पाँच करोड लगानी भएको प्रबन्ध निर्देशक लामिछानेले बताईन ।
पोखराको माटेपानीमा रहेको उक्त हस्पिटलले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पहिलो चरणमा १५ शैय्या संचालनमा ल्याएको जनाएको छ । बढ्दो मानसिक रोगीलाई लक्षित गरेको हस्पिटलले उपचारसँगै आवश्यक सल्लाह, सुझावकासाथै रोग अनुकुलको ‘डे केयर’ सेवा उपलब्ध गराउँने उक्त हस्पिटल पश्चिमाञ्चलकै पहिलो भएको दाबी गरेको छ । डे केयर सेवाको औषधी वाहेक प्रतिदिन प्रति व्यक्ति ५ सय लिने गरेको छ भने केयर होमको रुपमा ७ सय रुपैया लिने भएको नशा, स्नायू तथा मानसिक चिकित्सक निर्मल लामिछानेले बताए । उनले मानसिक उपचारसम्बन्धी स्तरीय सेवा प्रदान गर्ने बीजी एकमात्र हस्पिटल भएको दाबी समेत गरे ।

कमेन्टहरु
Loading...