¥याण्डम रिडर्स सोसाइटीको शाखा पर्वतमा

पोखरा, भदौ ३ गते/‘पढौं र ज्ञान बाँडौं’ भन्ने मूल नारासहित अध्ययन संस्कृतिको विकासका लागि विगत तीन वर्षदेखि पोखरामा क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको पर्वतमा पनि शाखा खुलेको छ ।
parbatपर्वतको कुस्मामा सम्पन्न पाठकहरुको भेलाले लेखनाथ उपाध्यायको अध्यक्षतामा ‘पढ्ने बानीको विकास गरौं, लेखकलाई प्रत्यक्ष पाठकसम्म पु¥याउनुपर्छ’ भन्ने नारासहित ¥याण्डम रिडर्स सोसाइटी अफ् पर्वतको गठन गरेको हो । सोसाइटीको उपाध्यक्षद्वयमा इन्द्रप्रसाद तिमिल्सिना र सरस्वती शर्मा ‘जिज्ञासु’, सचिवमा शङ्कर गिरी, कोषाध्यक्षमा अर्जुन पौडेल ‘निर्जन’ र सहसचिवमा किशोर मनस्वी रहनुभएको छ ।
त्यसै गरी, सदस्यहरुमा राजेन्द्र पहाडी, गणेशकुमार जिसी, वैकुण्ठ भुसाल, सङ्गीता केसी, प्रनिश गिरी, जेवि सेभेन रहनुभएको छ भने पुस्तक छनौट समितिमा जगन्नाथ शर्मा ‘नूतन’, राजेन्द्र पहाडी, वैकुण्ठ भुसाल, देव शर्मा, लेखनाथ उपाध्याय, इन्द्रमान खत्री र शङ्कर गिरीलाई चयन गरिएको छ । त्यस्तै, सोही भेलाले शान्तिनारायण श्रेष्ठ, इन्द्रकुमार विकल्प र लक्ष्मीराज शर्मा पौडेलसहितको एक अभिभावक समितिसमेत गठन गरेको छ । सोसाइटीले हरेक महिना कुनै पुस्तकमाथि लेखककै उपस्थितिमा परिचर्चा गराएर पाठकसमक्ष अन्तरक्रिया सञ्चालन गर्नुका साथै प्रत्येक महिना नयाँ पुस्तक खरिद गरी आदानप्रदान पनि गरिने कोषाध्यक्ष अर्जुन निर्जनले जनाउनुभयो ।
¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालका अध्यक्ष राजेन्द्र चापागार्इं ‘आहत’ले प्रमुख अतिथिको रुपमा बोल्दै सोसाइटीले गरेका गतिविधि र यसले पारेका प्रभावहरुका बारेमा पर्वतका पाठकमाझ प्रकाश पार्नुभएको थियो । अध्ययन संस्कृति जीवनसँग जोडिएकाले यसको भरपूर उपयोग गर्नुपर्ने तर्क राख्दै आहतले पर्वतका पाठकहरुको जागरुकताको प्रशंसा गर्नुभयो । कार्यक्रममा विशेष अतिथिका रुपमा सोसाइटीकै सचिव गनेस पौडेल उपस्थित हुनुभएको थियो । सोसाइटीले पोखरामा हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चासहित स्रष्टा परिचय कार्यक्रमको ३३ वटा शृङ्खला सम्पन्न गरिसकेको छ भने आगामी भदौ २९ गते गीता त्रिपाठीको निबन्धसङ्ग्रह ‘म एक्लो र उदास उस्तै’माथि पद्मकन्या कलेजकी उपप्राध्यापक अनुपमा रेग्मीले परिचर्चा गर्नुहुने भएको छ । यसअघि गोरखामा पनि ¥याण्डमको शाखा गठन भएको थियो ।

कमेन्टहरु
Loading...