अखण्ड नेपाल पार्टी कास्कीको सगठन विस्तरमा ,

पोखरा, ०३ भदौ/अखण्ड नेपाल पार्टीले आफ्नो संगठन विस्तारको क्रममा सोमबार क्षेत्र नम्वर २ अन्र्तगत पोखरा १६ बाटुलेचौर मैदानमा प्रथम अधिवेसन सम्पन्न गरेको छ । अधिवेशनले रुद्र बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिती चयन गरेको छ । भेलाले पहिलो बैठकबाट अन्य पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । समितीको सदस्यहरुमा कर्ण बहादुर खडका, मिठु बस्नेत, भरत बहादुर थापा, रमेश बहादुर बस्नेत, खगेन्द्र थापा, सरस्वती खडका, रिपुमर्दन तिमिल्सिना, कृष्ण कुवँर, राधा थापा, रेशम जिसी, श्याम थापा, बावुराम श्रेष्ठ, आगा राना, फौदसिहं भण्डारी, लगायतलाई निर्विरोध चयन गरिएको छ । यसअघि कार्यक्रमको उदघाटन गर्दे अखण्ड नेपाल पार्टी केन्द्रिय महासचिव डाः नन्द बहादुर सिहंले १ सय ३९ पार्टी दर्ता भएको नेपालमा ठुला दल भनाउदाले विदेशीको इशारामा राष्ट्रिय अखण्डताको ख्यालै नगरी सत्तालिप्सा र आर्थिक प्रलोभनमा परी सोझासाझा जनतालाई गुम्राहमा राखेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो “व्यक्तीगत इच्छा, आकांक्ष र महत्वकांक्षी सोचलाई प्रशय दिन जातजातीलाई खण्डीकरण गरी विदेशीलाई चलखेल गर्ने मौका दिएको छ“ । महासचिव सिंहले अखण्ड नेपाल पार्टीले राष्ट्रलाई एकसुत्रमा बाँधी सवै भाषाभाषी र जाती–जनजातीलाई मिलाई विश्व विद्यालय खोल्नुपर्ने कुरामा जोडदिनु भयो । कार्यक्रममा अखण्ड नेपाल पार्टीका केन्द्रिय उपाध्यक्ष उदय बहादुर बस्नेतले पनि विभिन्न राजनिती पार्टी र दलहरुले राष्ट्रियता माथि धावा बोल्ने, एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले देशलाई टुक्रा टुक्रा पार्ने लागेकाले राष्ट्र र राष्ट्रियता बचाउन अखण्ड नेपाल पार्टी स्थापना भएको बताउनु भयो ।
त्यस्तै केन्द्रिय सदस्य ओम शर्मा चाँपागाइृले कुनै जाती व्यक्ती विशेषको नभई अखण्ड नेपालले बोकेको दस्तावेज र आवजले सम्पुर्ण नेपालीको प्रतिनिधी गर्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो “भ्रष्ट नेता, राजनिती वेइमानी गर्ने स्वार्थी र सत्ताालिप्सामा लागेका नेताहरुलाई चेतावनी र खवरदारी हो“, । उहाँले अखण्ड नेपालले इतिहास रच्न लागेको हुदाँ राष्ट्र अखण्डता, सवल राष्ट्र निर्माणका साथै सामजिक सदभावले मातृभुमीमा बाँच्ने आधर सृजना हुनेका विश्वास समेत प्रकट गर्नुभयो ।
अखण्ड नेपाल पार्टी क्षेत्र नम्वर २ का संयोजक दान बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला उपाध्यक्ष गोमा रायमाझी, अखण्ड नेपाल पार्टीका जिल्ला सदस्य प्रकाश थापा लगातले बोल्नु भएको पार्टीका कास्की जिल्ला उपाध्यक्ष एवं प्रचार प्रसार विभाग प्रमुख अर्जुन बहादुर बस्नेतले जानकारी दिनु भएको छ ।
 
 

कमेन्टहरु
Loading...