अन्तरविद्यालय सेभेन–ए–साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल हुने

पोखरा, ३ भदौ। नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घको वार्षिक कार्यक्रमअनुसार पोखरा रड्डशालामा सञ्चालित चौथो कास्की जिल्लाव्यापी अन्तरविद्यालय सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७० अन्तर्गत सोमबार छवटा खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा चिल्ड्रेन्स एकेडेमीले टप्स उमाविलाई ४–१ ले पराजित ग¥यो। दोस्रो खेलमा युनिभर्स बोर्डिङ स्कुलले नेपाल आदर्श आउमावि भण्डारढिकलाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो। निर्धारित समय एक–एक गोलको बराबरीमा टुड्डिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। तेस्रो खेलमा नेपाल भारत मैत्री स्कुलले मेरीगोल्ड स्कुललाई १–० ले पराजित ग¥यो।
यस्तै चौथो खेलमा न्यूलाइट बोर्डिङ स्कुलले कान्तिपुर एकेडेमीलाई ३–१ ले पराजित ग¥यो। पाँचौं खेलमा बाराही उमाविले एल ए उमावि बीलाई ४–१ ले पाखा लगायो भने छैटौं खेलमा अमरज्योति बोर्डिङ स्कुलले जेसीएलाई २–० ले पराजित ग¥यो। प्रतियोगिताअन्तर्गत मड्डलबार क्वाटरफाइनलका खेल हुने रामकृष्ण बास्तोला गोर्खालीले जानकारी दिए।

कमेन्टहरु
Loading...