पोउवा संघमा सामाजिक संवादतालीम

पोखरा,३ भदौ । नेपालउद्योग बाणिज्य महासंघ तथापोखरा उद्योग बाणिज्य संघको संयुक्तआयोजनातथाअन्तर्राष्ट्रिय श्रम संगठन ९क्ष्ीइ०को सहयोगमासोमबार पोखरामा सामाजिक संवादविषयक एक दिने तालीम सम्पन्नभएको छ । तालीममापोखरास्थितविभिन्नउद्योग÷प्रतिष्ठानका १८ जनाको सहभागिता रहेको थियो ।
औद्योगिक सम्बन्ध सुधारकालागि छलफल, भेटघाट र कुराकानीलाई प्रमुख कडीको रुपमा स्थापितगर्नको लागितालीमआयोजनागरिएको हो । यस अघी नेपालउद्योग बाणिज्य महासंघले पोखरा उद्योग बाणिज्य संघको सहकार्य तथापोखरा औद्योगिक क्षेत्र उद्योग संघको समन्वयमा यस्तै तालीम सम्पन्न गरेको थियो । सोहीतालीमको विशिष्ठ स्वरुप नै अहिलेको तालीमहो । तालीममा नेपालउद्योग बाणिज्य महासंघका निर्देशकहंशराम पाण्डे,महासंघका तालीमशाखाप्रमुखशकुन्तलाश्रेष्ठ, अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधीप्रकाशशर्माले सामाजिक संवादविषयमातालीमदिएकाथिए ।
यस अघी तालीमको उद्घाटन कार्यक्रमको अध्यक्षतागर्दै पोखरा उद्योग बाणिज्य संघका कार्यवाहकअध्यक्षबिन्दु कुमार थापालेतालीमश्रम सम्बन्ध सुधार्न सहयोगीहुने धारणा व्यक्त गरे । उद्घाटन कार्यक्रममा संघका महासचिवनारायण कोइराला, कार्यसमिति सदस्यधनीराम बरालले पनिमन्तब्य राखेकाथिए । यसैगरी तालीम समापनकार्यक्रममा सहभागीलाई प्रमाणपत्र बितरण गर्दै संघका अध्यक्ष संजिवबहादुर कोइरालाले मजदूर र मालिकको पुरानो परिभाषाभन्दामाथि उठेर रोजगारदाता र रोजगारी गर्नेले नयाँ सोचको विकास गर्नुपर्नेमाजोड दिए ।

कमेन्टहरु
Loading...