रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार शाक्यलाई

पोखरा, ३ भदौ। पोखरा फोटोग्राफर संघ पोखरा, नेपालद्धारा सञ्चालित रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार–२०७० बाट अग्रज फोटोग्राफर विश्व शाक्यलाई सम्मान गरिएको छ । विश्व फोटोग्राफि दिवसको अवसर पारेर सोमबार शाक्यलाई सम्मान गरिएको हो । कार्यक्रममा शाक्यलाई प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले सम्मान पत्र, पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवि र धर्मपत्नी तिर्थ श्रेष्ठले माल र फुल तथा संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले नगद ११ हजार एक सय ११ रुपैया प्रदान गरि सम्मान गरेका थिए ।
सम्मानित भएका व्यक्ति शाक्य तीन दशक अघि देखि फोटोग्राफि पेशामा क्रियाशिल रहेका छन् । उनि पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत हुन् । पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवि र धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्नो वैवाहिक जीवनको २५ औ वर्षको शुभ अवसर पारेर आफ्ना वावु आमाको नाममा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षय कोष खडा गरेका हुन् ।
अक्षयकोषको व्याजबाट प्रत्यक दुई÷दुई वर्षमा विश्व फोटोग्राफी दिवसको अवसरमा यो पुरस्कार वितरण गरिने प्रावधान रहेको छ । फोटोग्राफी व्यवसायलाई मुल व्यवसाय अपनाई फोटोग्राफीमा कम्तीमा १५ वर्ष अनुभव भएको साथै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका फोटोग्राफरलाई यो पुरस्कारबाट सम्मान गरिने प्रावधान रहेको छ ।
कार्यक्रममा पिजे क्लवले आयोजना गरेको नेपाल फोटो कन्टेष्ट २०७० को डेली लाईफ तर्फ फस्ट भएको भन्दै फोटो पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षविद् जर्जजोनले फोटोग्राफीको विकास छिटो भएको बताउदै प्रविधिको विकास सगै क्षमताको विकास गर्न सकेमा व्यवसायले फड्को मार्ने उल्लेख गरे ।
कार्यक्रममा सम्मानित व्यक्तित्व शाक्यले आफुले पाएको नगद मध्ये ११ हजार रुपैया पुन अर्को कुनै अनुकुल मिल्ने गरि कोष स्थापन गर्नका लागि संघलाई नै सहयोग गरेका थिए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघका अध्यक्ष तथा पुरस्कार छनोट समितिका सदस्य कृष्णप्रसाद बाँस्तोलाले सम्मानित व्यक्तित्वको परिचय दिएका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बिन्दुकुमार थापा, पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रि बिनोद प्रतिक, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नबिनराज पौडेल, काठमाण्डौ फोटोग्राफर संघका अध्यक्ष वालकृष्ण श्रेष्ठ, तनहु फोटोग्राफर संघका अध्यक्ष कुमारमोहन श्रेष्ठ, पोखरा फोटो ग्राफर संघका सल्लाहकार माधवप्रसाद मिश्र, पुरस्कार छनोट समितिका संयोजक जयन्द्रराज भण्डारी, संघका निवर्तमान अध्यक्ष रमेश सापकोटाकोले वोलेका थिए ।
संघले सोमाबार विहान १० वजे प्रभात फेरी कार्यक्रमको आयोजना गरेका थियो । प्रभात फेरी पोखराको विपि चोक देखि शुरु भई महेन्द्र पुलहुदै पोखरा उद्योग वाणिज्य हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।सोही अवरमा फोटो प्रदर्शनी गरिनुको साथै फोटोग्राफी र भिडियोग्राफी सम्बन्धि डेमोसेसन गरिएको थियो । पोखरा फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष टीकाराम पराजुलीले स्वागत र सचिव गुरुप्रसाद तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

कमेन्टहरु
Loading...