नेकपा माओबादीलाई चौथो शक्ति नमान्नु गल्ति – नेपाल

सागर राज तिमिल्सिना
पोखरा ३ भदौ/नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले नेकपा माओबादीलाई चौथो शक्ति मान्न भुल गर्नु गल्ती भएको बताएका छन् । नेकपा माओबादीलाई वास्ता नगरी अघि बढ्न खोज्नु ठुलो कमजोरी भएकाले माओवादीको अस्तित्व स्विकार्दै सहमतिको लागि प्रयास गरिने उनले बताएका छन् । प्रेस चौतारी कास्कीले आज  पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एकिकृत माओबादीले पन्छाउन खोजेपनि कांग्रेस, एमालेले बैद्य माओबादीलाई चुनाबको पक्षमा ल्याउने दावी गरे । IMG_5204आफु पछि पर्ने डरलले एकिकृत माओबादीले पार्टीबाट फुटेको शक्तिलाई स्विकार्न नसकेको उनको स्पष्टोक्ति थियो । बैद्य पक्ष चुनाबमा गए आफुलाई असर पर्ने भनि एकिकृत माओबादीले तयार पारेको रिपोर्ट बारे पत्रकारको जिज्ञासामा उनले त्यसमा सत्यता हुन सक्ने बताए । असन्तुष्ट दलहरु र सरकारको बार्ता सकारात्मक रहेकाले दलहरुलसंगको छलफललाई पनि सहमतिमा पु¥याउन पहल गरिने उनले बताए । संबिधानसभाको चुनाबलाई बिबादरहित बनाउने प्रयासमा दलहरु रहेको उनको जिकिर छ ।
लोकतान्त्रीक पहिचान गुमाएर अतिबादी सोचलाई अघि नसार्न उनले नेकपा– माओबादीलाई सुझाब दिए । निर्बाचन मंसिर ४ मै हुने दाबि गर्दै उनले तोकिएको निर्बाचनलाई असर नपर्ने समय सम्म सहमतिको लागि प्रयास जारी राख्ने बताए । निर्बाचनको मिति सार्ने भन्दा पनि तोकिएकै समयमा निर्बाचन सम्पन्न गर्ने गरी गृहकार्य भैरहेको र असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउने उनको दाबि छ ।
पार्टीमा विवाद छ
पार्टीभित्रको बिबादको सन्दर्भमा उनले अध्यक्षको निर्णयनै सर्बोपरी हुने दाबि गरेका छन् । पार्टी अध्यक्षको निर्देशन बिपरित महिला युथफोर्स गठन गरिएकाले त्यसलाई मान्यता नदिने नेता नेपालले बताए । पार्टी निति बिपरित गठित संगठनको कुनैपनि गतिबिधिलाई मान्यता नदिने र गठित समिति पनि खारेज हुने उनले दावी गरे । निर्बाचनको मुखमा पार्टी भित्रको बिबादलाई अन्त्य गरी सबै एकजुट हुनुको बिकल्प नरहेको नेता नेपालले बताए । पूर्बराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनितिमा आउन सल्लाह दिदै उनले राजतन्त्रको सपना नदेख्न सुझाब दिएका छन् ।
अब कुनैपनि हालतमा राजतन्त्र ब्युतन नसक्ने उनको जिकिर छ । यसैबिच हिजो मात्र गठन भएको पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीका पदाधिकारीलाई एमाले नेता नेपालले सपथ गराएका छन् । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष समेत रहेका उनले पुष्पलाल स्मृति पार्क पोखरामा आयोजित एक कार्यक्रमका बिच सपथ गराउदै राजनितिक सक्रियता बढाउनुको साथै पुष्पलालको माग निर्देशनमा अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
म चुनावमा उठ्छु
अघिल्लो संविधान सभाको चुनावमा दुई ठाउँबाट हानेका नेपालले अब हुने संविधान सभाको चुनावमा पनि दुई ठाउँबाटै उमेद्वारी दिने बताएका छन् । उनले काठमाडौ र रोतहटबाटै उमेद्वारी दिने बताएका छन् । कुन क्षेत्रबाट उठ्ने भन्ने निणर्य नभएको उनले बताए ।

कमेन्टहरु
Loading...