नेपालले अल अरबी टोलीलाई हरायो, विमल घर्तिमगरको ह्याट्रीक

पोखरा, ३ भाद्र /विमल घर्तिमगरको ह्याट्रीकको मद्धतले साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले गएराती कुवेतमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा ८–२ को नतिजा निकाल्दै  स्थानीय अल अरबी टोलीलाई हराएको छ ।resize_image.phpस्थानीय अल कज्मा रंगशालामा भएको खेलमा नेपालका युवा खेलाडी बिमल घर्तिमगरले खेलको ७, ६८ र ८७औं मिनेटमा गोल गर्दै ह्याट्रीक गरेका थिए । नेपालका लागि सन्तोस साहुखलले २ तथा निराजन खड्का, टेक बुढाथोकी र विजय गुरुङले  एक–एक गोल गरेका थिए।
यस्तै खेलमा नेपालका अनन्त तामाङले अल अरबी टोलीलाई आत्मघाती गोलको उपहार दिएका थिए। अल अरवीका लागी  दोस्रो गोल  पेनान्टी मार्फत गरेको थियो। यसअघि भएको पहिलो खेलमा नेपालले कुवेतको २० वर्ष मूनिको टोलीलाई २ शून्यले हराएको थियो।
तस्विर सौजन्य गोल नेपालडटकम

कमेन्टहरु
Loading...