एमाले नेता नेपालद्धारा वरिष्ठ पत्रकार शर्माकोस्वास्थ्य लाभको कामना

पोखरा, २ भाद्र/नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झण्डै सात हप्ता अगाडिदेखि विरामी भएका वरिष्ठ पत्रकार माधव शर्माको पोखरा राष्ट्रबैंक चोकस्थित उनकै निवासमा पुगि स्वास्थ्य लाभको कामना गरेका छन् । मस्तिष्कमा टेपोम परि अचानक वेहोस् भएपछि काठमाण्डौंको बयोधा अस्पतालमा उपचार गरि हाल आफ्नै निवासमा स्वास्थ्यल लाभ गरि चिकित्सकको निगानीमा रहि आउनु भएको छ ।अंग्रज पत्रकार शर्मा प्रेश काउन्सील नेपालका सदस्य एवम् प्रेश स्वतन्त्र सेनानी हुन् । उनको उपचारमा राज्यले चासो नदेखाए पनि एमाले नेता नेपालले भेट गरि राज्यले उपचार खर्च उपलब्ध गराउनु पर्ने बताए । ६५ वर्षिय शर्मा झण्डै चार दर्शकभन्दा बढी पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । राज्यले समेत उनलाई वरिष्ठ पत्रकारको उपाधि दिए सम्मान गरे पनि उनको स्वास्थ्यको बारेमा कुनै चासो राखेको पाइदैन । शर्मा पोखराबाट प्रकाशित हटलाइन दैनिकका संम्पादक एवम् प्रकाशन समेत रहेका छन् ।

कमेन्टहरु
Loading...