आज शाक्यलाई रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार प्रदान गरिने

पोखरा, २ भदौ। पोखरा फोटोग्राफर संघ पोखरा, नेपालद्धारा सञ्चालित रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार–२०७० अग्रज फोटोग्राफर विश्व शाक्यलाई सोमबार प्रदान गरिने भएको छ ।  विश्व फोटोग्राफि दिवसको अवसर पारेर पोखरा उद्योग वाणिज्य संघको हलमा विशेष कार्यक्रमको आयोजना गरि शाक्यलाई सम्मान गरिने आयोजनकले जनाएको छ।संघले सोमाबार विहान १० वजे प्रभात फेरी कार्यक्रमको आयोजना गरेका संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए । प्रभात फेरी  पोखराको विपि चोक देखि शुरु भई महेन्द्र पुलहुदै पोखरा उद्योग वाणिज्य हलमा पुगेर कार्यक्रममा परिणत हुने छ । साथै सोही दिन फोटो प्रदर्शनी समेत गरिने भएको छ ।  अग्रज फोटोग्राफर जयन्द्रराज राजभण्डारीको संयोजकत्वमा गठित छनोट समितिले शाक्यलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।
पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवि र धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्नो वैवाहिक जीवनको २५ औ वर्षको शुभ अवसर पारेर आफ्ना वावु आमाको नाममा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षय कोष खडा गरेका हुन् । छविका वुवा स्वर्गिय रामलाल श्रेष्ठ र आमा श्रीमाया श्रेष्ठको स्मृतिमा फोटोग्राफी माध्यमबाट चिरकाल स्मरण तथा फोटोग्राफीप्रति पु¥याएको योगदानको कदर गर्न उनको परिवार र संघको पहलमा फोटोग्राफी पुरस्कार स्थापना गरिएको हो।
फोटोग्राफी व्यवसायलाई मुल व्यवसाय अपनाई फोटोग्राफीमा कम्तीमा १५ वर्ष अनुभव भएको साथै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका फोटोग्राफरलाई यो पुरस्कारबाट सम्मान गरिने प्रावधान रहेको छ । अक्षयकोषको व्याजबाट प्रत्यक दुई÷दुई वर्षमा विश्व फोटोग्राफी दिवसको अवसरमा यो पुरस्कार वितरण गरिने जनाइएको छ ।
पुरस्कृत हुने व्यत्तित्व विश्व शाक्य तीन दशक अघि देखि फोटोग्राफि पेशामा क्रियाशिल रहेका छन् । उनि पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत हुन् ।  २०४३ साल देखि २०५९ साल सम्म सातवटा एकल फोटो प्रदर्शनी सम्पन्न गरेका शाक्यले २०५२ सम्म विभिन्न सामूहिक फोटोप्रदर्शनीमा सहभागि जनाईसकेका छन्।
शाक्य युनेस्कोको आयोजानामा भएको एशिया तथा प्रशान्त क्षेत्रीय देशहरुवीचको फोटो प्रतियोगितामा १९८६ देखि १९९० सम्म लगातार पाँच पटक पुरस्कृत भएका थिए ।  उनी कला, साहित्य, फोटोपत्रकारीता र अध्यात्मको क्षेत्रबाट पनि सम्मानित भएका छन् ।

कमेन्टहरु
Loading...