खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टारमा ५४ जना छनोट

पोखरा, २, भदौ। एलिजा फिल्मस् नेपालद्धार सञ्चालित पोखरा नाच घरको आयोजना शनिबार पोखरामा भएको खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० को पहिलो अडिसन राउण्डमा ५४ जना छनोट भएका छन् । करिव दुई सय ५० जना सहभागि भएको उक्त प्रतियोगितामा सिड्गीङमा ३० जना र डान्समा २४ जना छनोट भएको आयोजकले जनाएको छ ।
नाँच घरले कास्की सगै छिमिकी जिल्लाहरुमा पनि अडिसन राउण्डन गर्ने तयारीमा जुटेको एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारले जानकारी दिए। प्रतियोगितामा गायन तर्फ नबराज बराल, तीर्थराज पोख्रेल र श्रीमान थुलु· भने डान्स तर्फ गोरे गुरुङ, प्रिति गुरुङ नानी र अमृत नेपाली निर्णायकमा रहेका थिए ।  कलाकारलाई पाएक पर्ने ठाउहरुमा अडिसन राउण्ड गरेर कात्तिक ९ गते फाईनलको साथै विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ ।
कलाकारिता क्षेत्रका कमिकमजोरी तथा समास्याहरुलाई हटाई नया सोच र जोसका सथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिको हो । प्रतियोगितामा डान्स स्टार र सिङ्गिङ स्टारले नगद ५१÷५१ हजारका साथै अन्य अवसर पनि दिईने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...