पोखराको बाक्लो बस्ती भएको ठाउँ नै खतरामा

पोखरामा बेला बेलामा हुने दैवीप्रकोप बढ्न थालेपछि न्यूनीकरणका लागि विपत् उत्थानशील समुदाय परियोजना शुरु भएको छ ।

नेपाली एउटा उखान छनी जब भयो राती अनि बुढि ताति भने जस्तै पहिले नै पुर्व तयारी गनुपर्ने भए पनि बल्ल विदेशबाट सहयोग आए पछि काम थालेका छन् ।

पोखरामा विपत् उत्थानशील परियोजना सन्चालन गर्न बेलायत सरकारले नै सहयोग गर्नु प¥यो । पोखरा नेपालको ७ औ जोखिम युक्त क्षेत्रमा पर्दछ । पोखरा भुकम्प, बाढि पहिरो, भासीने, नदी कटान, हिमपहिरो, भवन संहिता प्रभावकारी रुपमा लागु गर्नुपर्ने आवश्यकता र गरिब तथा संकटासन्न अवस्थाका समुदाय जोखिमयुक्त स्थानमा बसोबास गरेका कारण पोखरा जोखिममा छ ।

पोखरा अहिले बस्ती बढिरहेको क्षेत्र निकै खतरामा छ । मुख्य अहिले धना बस्ती भएको पोखराको पृथ्वीचोक, सृजनाचोक, लेकसाइड, छोरेपाटन लगाएतका क्षेत्र खतरामा छ । जहाँ भासिने, भुकम्पबाट बढि क्षेतिहुन सक्ने कार्यक्रममा बक्ताले बताएका छन् । पोखराको सेती नदि देखि पुर्वको भुभाग कम जोखिममा रहेको उनिहरुले बताए ।

कमेन्टहरु
Loading...