क्यानको दोस्रो साधारणसभा पोखरामा सम्पन्न, १२ करोडको बजेट पारीत

सागर राज तिमिल्सिना
पोखरा, १ भाद्र/नेपाल क्रिकेट संघ क्यानको दोस्रो साधारणसभाले नेपाललाई विश्वकपमा छनौटका लागी पुर्वाधान तयार पर्ने, विकास बोर्डका रुपमा विकास गर्ने, र १२ करोड ४ लाख १५ हजारको बजेट पारीत गर्दै सम्पन्न भएको छ । साधारण सभामा कोषाध्यक्ष राजुबाबु श्रेष्ठले पेस गरेको आर्थिक प्रतिबेदनलाई केहि संशोधन गर्दै पारिद गरेको हो । बजेट अनुसार राष्ट्रिय तथा अन्तिराष्ट्रिय प्रतियोगितामा तयारीका लागी २ करोड ६४ लाख, हाइ पफेसनल तालिमका लागी करिब १ करोड, कर्मचारीका तलबका लागी १ करोड ५७ लाख, खेलाडीको तलबका लागी ८ लाख ४० हजार रुपैया सभाले पारीत गरेको छ ।
IMG_5192 (1)त्यसै गरि काडमाडौको मुलपानीमा क्रिकेट मैदान निमार्णका लागी ५ करोड ८० लाख, भैरहवा, टियु र इन्जिनियरीङ्ग क्यापसको क्रिकेट मैदान निमार्णका लागी ४६ लाख, क्रिकेट सामाग्री खरिद र खेल मैदान सामाग्री खरिदका लागी २६ लाख छुटाएको छ । साधारण सभाले क्यानका अध्यक्ष टंक आङबुहाङले प्रस्तुत गरेको प्रतिबेदनमा विश्वकप क्वाली फाइनका लागी रणनीति बनाउने, क्यानलाई विकास वोर्डको रुपमा लैजाने, नेपालमा विदेशी क्लबलाई खेल्न बोलाउने, अन्तराष्ट्रिय प्रतियोगिता आयोजनाका लागी क्यान सगँ माग गर्ने, क्षेत्रगत एकेडेमी निमार्ण गर्ने लगाएतका प्रस्ताव सभाले पारित गरेको छ ।
त्यसै गरि साधारणसभाले क्यानको विधान सम्सोधनका लागी ६ महिना पछि साधारणसभा बोलाउन निर्णय गरेको छ । बोडले यहि साधारणसभाबाट विधान संशोधनका लागी लगे पनि जिल्ला तथा क्षेत्रिय प्रतिनिधिहरुले त्यसको विरोध गरेका थिए । बोडले जिल्ला तथा क्षेत्रिय संघहरुको विघटनको अधिकारलाई अध्यक्षमा निहित हुने बनाए पनि सभाले त्यसको विरोध गरे पछि सम्सोधन गरिएको एक सदस्यले बताए ।
शुक्रबार नै सकिने गरि सभा शुरु भएपनि बोर्डमा विवाद आए पछि शनिवारका लागी सरेको थियो । साधारणसभामा करिब १ सय २० जनाको सहभागिता रहने भनिए पनि कतिपय क्षेत्रका पदाधिकारीहरुको उपस्थिति पनि नरहेको एक सहभागिले बताए । क्यानमा आन्तरिक बिबाद नरहेको दाबि गरिएपनि साधारणसभाको उपस्थितिले बिबादलाई छर्लङग देखिएको थियो ।

कमेन्टहरु
Loading...