साहरा प्रतिष्ठापन नेपालमा केश बहादुर विश्वकर्मा

पोखरा १ भदौ/अनाथ तथा असह्य बालबालीकाको क्षेत्रमा कार्य गर्ने साहरा प्रतिष्ठापन नेपालको चौथो साधारसभा तथा दोस्रो अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले केश बहादुर विश्वकर्माको अध्यक्षतामा दुइ वर्षका लागि ९ सदस्यित कार्यसमिति चयन गरेको छ । समितिको उपध्यक्षमा निरन्जन विश्वकर्मा, सचिवमा खिम बहादुर विश्वकर्मा, कोषध्यक्ष तारादेवी सुनार रहेका छन । त्यसैगरि समितिको सदस्यहरुमा चन्द्रकला खत्री, बुद्धि बहादुर नेपाली, मन माया श्रेष्ठ, देवि नेपाली, पासाङ्ग लामा रहेका छन । 
कार्यक्रमको उद्घाटन गर्दै अन्नपुर्ण संरक्षण क्षेत्रका पर्यटन अधिकृत नरेन्द्र लामाले अनाथ तथा असह्य बालबालीको क्षेत्रमा सरकारले वेवास्ता गरिरहेको अवस्था संस्थाले राम्रो काम गरेको बताउनुभयो । उहाँले यस क्षेत्रमा राज्यको ध्यान जान जरुरी रहेको औल्याउनुभयो । कार्यक्रममा प्राकृतिक मानव केन्द्रित जनआन्दोलन कास्कीका संस्थापक तथा सल्लाहकार बुद्धि बहादुर नेपालीले मानव प्राकृतिक प्राणी भएकाले प्रकृतिक संरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको जिकिर गर्नुभयो । साथै उहाँले बालबालीकाका निमिक्त प्राकृतिक संरक्षणका बारेमा शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।
प्रतिष्ठापनका अध्यक्ष डि वी विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमालयन चिल्ड्रेन केयरका संस्थापक अध्यक्ष पासाङ्ग लामा, समाजसेवी केश बहादुर विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठापनका सचिव निरन्जन विश्वकर्माले प्रगति प्रतिवेदन तथा कोषध्यक्ष तारादेवि सुनारले आर्थीक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...