पोखरा वडा नं १७ मा वाइसिएल भेला

पोखरा, १ भदौ /पोखरा वडा न १७ मा शनिबार वडास्तरिय वाइसिएल भेला भएको छ । एकीकृत नेकपा माओवादीका वडा कमिटी सदस्य कृष्णबहादुर खड्का क. संगमको अध्यक्षतामा सम्पन्न भेलाले दीपक आचार्यको संयोजकत्वमा ३५ सदस्यीय वाइसिएल आयोजक कमिटीको गठन समेत गरेको छ । प्रमुख अतिथि तथा तमुवान राज्य सम्मेलन आयोजक समिति सदस्य टिकाराम पौडेल क. बिश्वासले एनेकपा माओवादी रुपमा अहिले जे जस्तो देखिए पनि यो पार्टी सदैव गरीव, उत्पीडित, दलित, जनजाति, किसान, मजदुर, महिलाहरुको पक्षमा सशक्त आवाज उठाउने पार्टी रहेको उल्लेख गरे । यदी यो पार्टीले जितेमा सिंगो गरीव, उत्पीडित, दलित, जनजाती, किसान, मजदुर र महिलाहरुले जित्ने ठोकुवा गरे ।
यस्तै कार्यक्रमका बिशेष अतिथि वाइसिएल क्षेत्र नं ३ का सह–संयोजक सुवास पौडेलले क्रान्तिकारी, देशभक्त र बाटो बिराएकाहरुलाई वाइसिएल चुम्बक जस्तो बनेर आफूतिर संगठित गर्नुपर्नेमा जोड दिए । वाइसिएल वडा कमिटीका नवनिर्वाचित संयोजक दीपक आचार्यले १७ एनेकपा माओवादीलाई बिजयी दिलाउन वाइसिएल १७ नं वडा कमिटीले पूरा जिम्म्ेवारीका साथ कार्य गर्ने प्रतिबद्वता जनाए । एकीकृत नेकपा माओवादीले हतियार बिसाउनुका अर्थ हतियार चलाउन बिर्सेका होइनन भनि संयोजक आचार्यले थपे ।

कमेन्टहरु
Loading...