सांस्कृतिक अभियान सहित सरसफाई गरियो

पोखरा, १ भाद्र/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी र कास्की कार्य समितिको संयुक्त आयोजनामा डस्बिन राख्ने कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले जुस खाएर उद्घाटन गरेका थिए ।
उनले नगर पालिकाले गर्न नसकेको काम प्रतिष्ठानले गरेकोमा प्रशसा गर्दै यस्ता कार्यक्रमले आम पोखरेलीमा चेतना आउने विश्वास रहेको बताए । गायनका माध्यमवाट सरसफाई अभियानमा पोखरेलीले साथ दिने उल्लेख गर्दै सकारात्मक सोचलाई आमजनमानसमा पु¥याउन सके यसको औचित्य हुने बताए ।
फोहोरलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउदै मनको सोचाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । सफा र सुन्दर पोखरा वनाउन पोखरेली सधै तयार रहेको उल्लेख गदैृ पोखरा उपमहानगर पालिका सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोर िगीत प्रतिष्ठान केन्द्रका अध्यक्ष पुरुषेत्तम न्यौपानेले पोखरा आफैंमा सुन्दर रहेकोले यसलाई अझ सफा र सुन्दर बनाउन पोखरेली एक जुट हुनुपर्ने बताए ।
प्रतिष्ठानका संरक्षक प्रजापति पराजुली, पृथ्वीचोक होटल संघका अध्यक्ष रेजन शेरचन, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लालप्रसाद श्रेष्ठ, जिल्ला ट्राफिक कार्यलयका सहि शिव प्रसाद पाठक, केन्द्रीय सदस्य पार्वती जिसी, केन्द्रीय सदस्य तारापति सुवेदी जिल्लाका अध्यक्ष शिबहरी ढुङाना लगायतले वोलेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जीवन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सह सचिव सुरेन्द्र गुरुङले स्वागत तथा सचिव घनश्याम रिजाले संचालन गरेका थिए । कार्यक्रममा जनचेतना मुलक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कमेन्टहरु
Loading...