सिआईएस पत्रकारीता पुरस्कार प्रतिभा छनौट समिति गठन

पोखरा, २१ साउन /सुचनाको हकको बारेमा कलम चलाउने कृयाशिल पत्रकारहरुलाई दिदै आएको सिआईएस पत्रकारीता पुरस्कारको यो बर्षको लागि प्रतिभिा छनौट समिति गठन भएको छ ।

पत्रकार यदुनाथ बन्जराको संयोजकत्वमा प्रेम नेपाली र माधब पनेरु सदस्य रहेको प्रतिभा छनौट समितिले काम सुरु गरीसकेको संयोजक बन्जराले जानकारी दिए ।

हरेक बर्ष राष्ट्रिय सुचना आयोग स्थापना दिबसको अबसर पारेर सामुदायिक सुचना समाज, पोखराले बितरण गर्दे आएको पत्रकारीता पुरस्कार यो बर्ष पनि एक बिषेश कार्यक्रमको आयोजना गरी बितरण गरीने सामुदायिक सुचना समाजले जानकारी दिएको छ ।

सुचनाको हकको क्षेत्रम कृयाशिल कास्की जिल्लालाई कर्मथलो बनाएका पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट सराङकोट साप्ताहिकका प्रधान सम्पादक यदुनाथ बन्जरा, पत्रकार कमल पौडेल (अथक) पुरस्कृत भैसकेका छन ।

कमेन्टहरु
Loading...