पोखरा, २१ साउन / लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलोे क्याविनेट मिटिङ १९ गते शनिबार काठमाण्डौका सम्पन्न भएको छ । डिष्ट्रिक्ट पदाधिकारीहरुलाई लायन्सका अन्र्तराष्ट्रिय डाईरेक्टर मोहम्मद इदरिसले पद तथा गोपनियताको सपथ खुवाएको डिष्ट्रिक्ट चिफ पब्लिक रिलेशन अफिसर परमेश्वर बरालले जानकारी दिए ।
सो अवसरमा डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गर्भनर अशोेक कुमार श्रेष्ठ र अन्र्तराष्ट्रिय डाईरेक्टर मोहम्मद इदरिसले लायन बर्ष २०१८÷१९ मा खोलिएका ३६ वटा नयाँ क्लबहरुको उद्घाटन गरेका थिए । पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।
सामाजिक काम र पद हस्तान्तरणको क्षेत्रमा लायन्सबाट राजनीतिक दलहरुले शिक्षा लिनुपर्ने उनले बताए । लायन्सले समाजमा खेलेको भुमिकाको खुलेर प्रसंसा गर्दै नेपाल सरकार नागरिक समाजसँग सहकार्य गर्न तयार रहेको बताउदै मन्त्रि ज्ञवालीले नेपालले समृद्धिको यात्रा सुरु गरिसकेको छ सकरात्मप सोचका साथ अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा लायन्सका अन्र्तराष्ट्रिय डाईरेक्टर मोहम्मद इदरिसल, निवर्तमान अन्र्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतान, एलसिआइसफ एरिया लिडर बालकृष्ण बु्र्लाकोटी, डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चियरपर्सन डि आर खनाल निवर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले डिष्ट्रिक्ट ३२५ बि १ नेपालले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउदै लायन बर्ष २०१८÷१९ का डिष्ट्रिक्ट गर्भनर अशोेक कुमार श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले दिएर बाँचौ भन्ने मुल मर्मका साथ बिशेष गरि अपाङताको क्षेत्रमा काम गर्नका लागि अपाङता हाम्रो आत्मियता नारालाई बर्ष भरि नै प्राथामिकतामा राखेर कार्य गर्ने जनाए । कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर मनबहादुर रोका पूर्व मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल, कार्यक्रमका संयोजक मणीश्री रत्न बज्राचार्य लगायतले बोलेका थिए ।
पूर्व मल्टिपल काउन्सिल चियरपर्सनहरु, डिष्ट्रिक्ट ३२५ वी १ नेपालका पूर्व गभर्नरहरु, ३२५ वी १ नेपालका क्याविनेट अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथा क्लबका सदस्यहरु सहित करिव २ हजार बढी लायन सदस्यहरु सहभागी भएको क्याबिनेट सेक्रेटरी रामबहादुर बसेलले जानकारी दिए । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल संसारकै ठुलो डिष्ट्रिक्ट रहेको छ, जस्मा ३६५ भन्दा बढी क्लब र ११ हजारको हाराहारीमा लायन्स सदस्य आवद्ध रहेका छन । पहिलो क्याविनेट बैठकको संयोजन काठमाण्डौ स्थित क्लबहरु लायन्स क्लब अफ काठमाण्डौ बालाजु, बालाजु हाईट, बिशाल बजार, पिस आई र काठमाण्डौ दरवारमार्ग गरेका थिए ।