नेदरल्याण्डलाई नेपालले १ रनले हरायो

पोखरा, १८ साउन /नेदरल्याण्डलाई नेपलाले १ रनले हराउ दोस्रो एक दिवसीय क्रिकेट बराबरीमा सकिएको छ ।  दुई एक दिवसीय शृंखला १/१ को बराबरीमा सकाएको छ । नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सफल भयो ।

उसका लागि वेस्ली वारेसीले सवाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेटको योगदान दिए । यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेटको योगदा दिए ।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले मात्र ४ रन दिएर एक विकेट लिएपछि नेपालको रोमाञ्चक जित सम्भव बताए । पारसले अन्तिम ओभरको अन्तिम बलमा फ्रेड क्लासेनलाई रनआउट गर्दै ऐतिहासिक जित दिलाएका हुन्। नेपालको यो पहिलो अन्तराष्ट्रिय एक दिवसीय जित हो । यसअघि नेपालले ५० ओभरको खेलमा ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।

कमेन्टहरु
Loading...