टान पोखराको अध्यक्षमा हरी भुजेलको उमेद्वारी दर्ता (के के छन् एजेण्डा)

पोखरा, १८ साउन /ट्रेकिङ्ग एजेन्सिज एशोसियशन अफ नेपल (टान)को नयाँ नेतृत्वका लागि वर्तमान कार्यक्र समितिका प्रथम उपाध्यक्ष हरी भुजेलले उमेद्वारी दिएका छन् । त्यसै गरी उनको प्रतिद्धन्दीमा भोजकुमार श्रेष्ठले उमेद्वारी दिएका छन् ।

अध्यक्ष पदका उमेद्वार हरी भुजेलका चुनावी एजेण्डा यस्ता छन्

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको गरिमामय छाता संगठन हो । ट्रेकिङ क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले औपचारिक रुपमा ट्रेकिङ्ग एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को विस २०३२ सालमा स्थापना भएको हो भने टान पोखराको स्थापना विसं २०४९ सालमा भयो ।

यति बेला विभिन्न कार्यक्रमका साथ टानले रजत वर्ष मनाइरहेको छ । साढे दुई दशक लामो यात्रा विभिन्न आरोह अवरोहका साथ पार गर्दै निरन्तर ब्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै यो संस्था अघि बढेको छ । विशेष गरी पथ प्रर्दशनमा आउने पर्यटकहरुलाई नेपालका विभिन्न स्थानमा घुमाउने र ग्रामिण पर्यटनको विकास र विस्तार गर्ने, पथ प्रदर्शनमा रोजगार सृजना गर्ने, पर्यटनका लागि नयाँ गन्तव्य खोजिलाई टानले समेट्ने गरेको छ ।

पदयात्रा पर्यटनमा प्रत्यक्ष संलग्न रहेर आफ्नो भुमिकालाई सशक्त बनाउँदै आएको यस संघ यतिबेला १५ औ अधिवेशन तथा २५ औ वार्षिक साधारण सभा यहि साउन २६ गते हुन गइरहेका छ । चुनावी चलह पहलको रौनकता छाइरहेको परिवेशमा । संघको १५ औं अधिवेशनको मैले अध्यक्षमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु । आज सम्म म टानमा कार्यसमिति सदस्य , कोषाध्यक्ष , द्धितिय उपाध्यक्ष र अहिले प्रथम उपाध्यक्षको जिम्मेवारीमा रहेर ८ वर्ष सम्म टानको उद्देश्य प्राप्तिमा निरन्तर खटेको छु ।

लामो समय सम्म संस्थामा रहेर हासिल गरेका अनुभवलाई अब ब्यवहारिक रुपमा कार्यान्वयन गरेर पर्यटन क्षेत्रको प्रर्वद्धनमा सशक्त भुमिका खेल्ने समय आएको छ । आज सम्म टानप्रति मेरो लगाव र क्रियाशिलतालाई मध्यनजर गरी टानका अग्रज ब्यत्तित्वहरु , वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य पदका सबैजसो आकांक्षीको सहयोग र साथ लिएर चुनावी मैदानमा उपस्थित भएको जानकारी गराउन चाहन्छु ।

बदलिंदो राजनैतिक ब्यवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै मुलुक तीन तहको सरकार मार्फत अघि बढेको छ । स्थानीय र प्रदेश सरकार मार्फत पर्यटन क्षेत्रको संभाब्यताको खोजी गर्दै यस क्षेत्रको विकास र समृद्धि अबको एक मात्र विकल्प हो ।
पक्कै पनि टान भाषण गर्ने संस्था होइन । भाषण भन्दा पनि ब्यवहारिक पक्षबाट ठोस कार्यलाई अघि बढाउनु अबको दायित्व हो । म भन्दा माथि उठेर हामी भन्दै एकतागत कार्यमा जोड दिन सके मात्रै संस्थागत उद्देश्य प्राप्ति हुनेछ ।

संघको स्थापना गर्ने आदरणीय अग्रजहरुको मार्ग निर्देशलाई आत्मसात् गरी संघलाई साझा बनाउन सके मात्र यसको गरीमा बढ्ने कुरामा दुईमत छैन । टानलाई ट्रेकिगं ब्यवसायि साथिहरुले अपनत्व महसुस गर्ने गरि संस्थालाई अघि बढाउने दृढ संकल्पका साथ मैले निम्न कुराहरुलाई प्राथमिकतमा राखेर कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।

 टानको मुल उद्देश्यअनुरुपको कार्यलाई प्राथमिकता दिदै सोहि अनुरुपका नीति तथा कार्ययोजनाहरु बनाइने छ ।

 संस्थाले अबलम्बन गरेका ब्यवसायिक नीतिका सकारात्मक पक्षलाई निरन्तरता दिदै भएका कमी कमजोरीलाई सुधार गर्दै प्रविधिमैत्री कार्यलाई अब जोड दिइनेछ ।

 प्रदेश सरकारले आर्थिक वर्ष २०७४÷ ७५ मा जारी गरेको बजेटमा पदयात्रामा जाने पर्यटक सँग विभिन्न स्थानमा लिने अतिरिक्त शुल्कलाई एकद्धारा प्रणालीबाट ब्यवस्थित गर्न पहल गरिने छ ।
 नयाँ पदमार्ग पहिचान गर्ने र भएका पदमार्गको संरक्षणमा जोड दिइनेछ ।

 यस क्षेत्रमा रहेका अन्तराष्ट्रिय पहिचान बनाउन सफल उत्कृष्ट गन्तब्य हरु अन्नपूर्ण राउण्ट , एविसि,।लगायतका पदमार्गको संरक्षण गर्दै पर्यटनको प्रचुर सम्भावना वोकेका र टानले हालै मात्रै पहिचान गरेको विश्वको होचो स्थानमा रहेको कोहफुचे ताल टे«कलाई ब्यवसायिक प्रवद्र्धनका लागि विशेष पहल गरिनेछ ।
 पदयात्रालाई मर्यादित र ब्यवस्थित गराउन र तालिम प्राप्त टे«किङ्ग गाइडको अनिवार्यतालाई जोड दिदै लय लय तचभपपष्लन धष्तजयगत नगष्मभ बलम कगउउयचतभच को नीतिको कार्यान्वयनकालागि प्रदेश सरकारसँग आग्रह गरिनेछ ।

 पदयात्रा पर्यटन ब्यवसायलाई ब्यवस्थित गराउन नेपाल सरकारको मन्त्रि परिषदबाट सम्बोधन भइ आएको टिम्सको प्रणालीको बारेमा देखिएका जटिलताहरु हटाउँदै जम्मा भएको टिम्स रकम जुन उद्देश्यका साथ संकलन गरीएको सोहि उद्देश्यमा खर्च गर्न विशेष पहल गरिनेछ ।

 लय तचभपपष्लन धष्तजयगत नगष्मभ बलम कगउउयचतभच को अबधारणाको लागी सरोकार निकाय संग माग राख्ने र ट्रेकिगं कम्पनी र ट्रेकिगं मजदुरको रोजगार ग्यारेन्टी गरिने ।
 पदयात्री पर्यटन नै पोखराको मुख्य आधार भएकाले पर्यटकीय गन्तब्यको सौन्दर्यीकरण, नयाँ गन्तब्य खोजी गर्दै पर्यटन क्षेत्रसँग सम्वद्ध अन्य संघ संस्थासँग मैत्रीपूर्ण सहकार्य गरेर अघि बढिने छ ।
 पदयात्रा पर्यटन सुरक्षित बनाउँदै हुन सक्ने जोखिम न्युनिकरणमा पहल गरिने छ र आपतकालिन उद्धारकालागि संस्थाबाटनै विज्ञ र तालिम प्राप्त टोेलिलाई तयारी अवस्थामा राख्न पहल गरिने ।

 गैह्रट्रेकिङ्ग एजेन्सिद्धारा संचालन हुँदै आएको ट्रेकिगं कारोवारलाई बन्द गराउने र उनीहरुले राखेका बोर्डहरुलाई पर्यटन कार्यालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी, पोखरा पर्यटन परिषद र बिबिन्न संगसस्था संग सहकार्य गर्दै ,सबैको रोहबरमा हटाउँदै टान मातहतबाट ब्यवसाय संचालनकालागि आग्रह गरिनेछ ।
 पछिल्ला केही वर्षयता बाटो खन्ने नाममा जथाभावी सडक विस्तारले भूक्षय जस्ता प्राकृतिक प्रकोप बढाउँदै लगेको छ । सँगसगै पदयात्रा पर्यटनलाई पनि गम्भीर असर पारेको छ । यस तर्फ विशेष ध्यान दिएर न्युनिकरण र मर्मत सम्भारका लागि पहल गरिने ।
 प्रधानमन्त्री रोजगारका कार्यक्रम अन्तर्गत सरकारले पर्यटन प्रवद्र्धन अन्तर्गत पदमार्ग निर्माण तथा होटल रेष्टुरेन्ट ब्यवसायको प्रवद्र्धन, पर्यटन मार्गमा सेड निर्माण र मर्मत सम्भारको क्षेत्रमा रोजगारी दिन सकिने सरकारले सम्भाब्यतामा राखेको छ । यस कार्यक्रमलाई सफल बनाउन पहल गरिनेछ ।
 पोखरा र यस आसपासमा भएका हाइकिगं रुटहरुलाई पुनतार्जगी गदै ,पर्यटकलाई एक दिवसिय पदयात्रामा जोड दिदै, पोखरामा पर्यटकको लेन्थ अफ स्टे बढाउन पहल गरिने ।
 पर्यटन बोर्डसँगको सहकार्यमा टानलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन पर्यटन र पदमार्ग सम्बन्धि ब्रोसर तयार गरी प्रचारात्मक कार्यक्रमहरु गरिनेछ ।

अन्तमाः आज सम्म जसरी अमुल्य मत दिएर ८ वर्ष सम्म काम गर्न मौका दिनु भयो सबै टानकासदस्य, अग्रज प्रति आभारी छु । अब एक कार्यकाल अध्यक्षमा रहेर टानको संस्थागत विकासलाई ध्यान दिदै समग्र पर्यटन क्षेत्रमा विकास विस्तारमा जुट्ने अवसर प्रदान गर्नु हुन सम्पुर्ण सदस्य ज्यू हरुमा हार्दिक आग्रह गर्दछु ।

कमेन्टहरु
Loading...