सहमति नभए संघर्षमा जाने नेता चन्दको चेतावनी

पोखरा, ३२ साउन/नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्दले सवै राजनीतिक दलहरुका वीच उच्चस्तरीय सहमति हुन नसके पार्टी संघर्षमा जाने चेतावनी दिएका छन् । संयुक्त आन्दोलन परिचालन समिति तमुवानद्धारा पोखरामा आयोजना गरिएको राष्ट्रिय स्वाधिनता र संविधानसभा निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा चन्दले संविधानका अन्तरवस्तुका वारेमा पहिला प्याकेजमा सहमति हुनु पर्नेमा जोड दिए ।
chandविश्वका धेरै मुलुकमा संविधान वाहेकका सहमतिवाट पनि संविधान वनेका र ती संविधानहरु वषौंसम्म चलेको उदाहरण पेश गर्दै सचिव चन्दले अरवौं रुपैया खर्च गरेर वनेको दोश्रो संविधान सभाले पनि नयां संविधान दिन सक्छ भन्ने के ग्यारेन्टी भनी प्रश्न गरेका थिए । पहिलो संविधानसभाले संविधानको ९० प्रतिशत काम पूरा गरिसकेको छ अव वांकी १० प्रतिशत काम उच्चस्तरीय सहमतिवाटै पूरा गर्न सके संविधान सभाको निर्वाचनमा हुने करीव १५ अर्व रुपैया वचत हुनेब बताए ।
बचत भएको पैसा जलविद्युत तथा अन्य विकास योजनामा खर्च गर्न सकिने उनको तर्क थियो । मंसीर ४ गते गर्ने भनिएको संविधानसभाको निर्वाचनले जनताका सम्पूर्ण एजेण्डालाई उल्टाउने वताउंदै उनले जवर्जस्ती निर्वाचन गरे जनतालाई उचालेर मोर्र्चा संघर्षमा उत्रने बताए ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एकीकृतका केश वहादुर परियार, नेपाली कांग्रेस कास्कीका सभापति यज्ञ वहादुर थापा, एमालेका उपाध्यक्ष लीलाधर पौडेल, राप्रपा नेपालका जयलाल पुन, राप्रपा कास्कीका नरहरी तिमिल्सिना, अधिवक्ता सुरेन्द्र थापामगर, प्रा .गेहेन्द्रमान उदास पोखरेली, तारा वराल, भवानी पाण्डे लगायतका वक्ताहरुले अब बन्ने संविधानका बारेमा चर्चा गरेका थिए ।
 

कमेन्टहरु
Loading...