पोखराको विन्ध्यवासीनिमा घुम्ने ठाउँ थपियो

संघीय सरकारले अधिकार नदिदा काम अप्ठेरो—मुख्यमन्त्री गुरुङ

सागर राज तिमिल्सिना
पोखरा, १६ साउन /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीय सरकारले काम गर्ने अधिकार नदिदा काम गर्न अप्ठेरो परेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरामा बुधबार शिवानन्द कुण्डको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले अधिकार नहुँदा निरीह भएर बस्नु परेको बताए ।

उनले पोखराका गण्डकी अस्पतालको एउटा मेसिनको लागि केन्द्रमै मुख ताक्नु पर्ने, त्यहाँबाट मान्छे आएर चेक जाँच गर्नु पर्ने, त्यहि कुरा लेखेर फेरि केन्द्रमै पठाउनु पर्ने बाध्यता रहेको बताए । ‘ओहोर र दोहोर गरि राख्नु पर्ने प्रक्रिया घुमि राख्ने, मान्छे मरि राख्ने, उपचार समयमै नहुने, यस्तो समस्या छ ।’ उनले भने, ‘यस्को अन्त्य गर्नुपर्छ अधिकारको कुरा पनि हेर्नुपर्छ ।’

उनले पोखराका पश्चिमाञ्चल अस्पताल अवलोकन गर्न जादाँ डाइलेसिस मेसिन किन्न कति खर्च लाग्छ भन्दा १४/१५ लाख भन्नु भएको थियो । १५ ÷२० वटा मेसिन थप गरे डाइलेसिसका लागि फालाफाल हुन्छ । तर केन्द्र सरकारले गर्दैन । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहमा बाटो, अस्पताल पुर्याउने माग छ । जब पोखरामा भएको अस्पतालमै बिरामीको राम्रोसँग उपचार गर्न सकिएन भने त्यस्को के अर्थ । मानवतासँग नजोडिएको समृद्धि समृद्धि नै होइन उनले भने राष्ट्र नै कमजोर भए समृद्धिको कुनै अर्थ हँदैन ।

‘राष्ट्रिय एकता, आर्थिक विकास, मानवीयताको आधारमा अघि बढ्न सकियो भनेमात्र देश समृद्धि हुन सक्छ,’ उनले भने, मानवसँग नजोडिएको समृद्धि आपैmमा समृद्धि होइन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धधनले पर्यटन प्रवद्र्धधनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ

पोखराका उद्योगपति सुशीलकुमार गोशलीले बुबा स्वामी शिवानन्द गोशली बाबाको स्मृतिमा ७० लाख रुपैयाको लागतमा आशुतोष भगवान शिवस्वरुप शिवलिंग सहितको पञ्चधार, फलेचा निर्माण गरी विन्ध्यवासिनी क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेका छन् । स्वामी शिवानन्द गोशली बाबा (विष्णुकुमार गोशली) को पुण्यस्मृतिमा मन्दिर परिसरमा शिवानन्द कुण्ड निर्माण गरेका हुन् ।
पञ्च धारा, फलेचा र मध्यभागमा आशुतोष भगवान् शिवस्वरुप शिवलिंग सहितको अष्टभुजाकारको शिवस्वरुप कुण्ड निर्माण गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको हो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताए । विन्ध्यवासिनी मन्दिर परिसर आकर्षित गर्न पार्क, लिफ्ट, पानीको फोहोरा लगायत भौतिक पूर्वाधारहरु निर्माण भैरहेका छन् । विन्ध्यवासिनी मन्दिरमा आन्तरिक पर्यटकमात्र नभै भारतीय पर्यटकको आकर्षण दिनप्रतिदिन बढ्दो छ ।

कमेन्टहरु
Loading...