बिद्यार्थी कोच्ने २० भन्दा बढी स्कुलबस कारबाहीमा

गोकुल बानियाँ/३२ साउन पोखरा । पोखरामा क्षमता भन्दा बढी बिद्यार्थी बोक्ने स्कुलबसमाथि कारबाही थालिएको छ । स्कुलबसले क्षमता भन्दा बढी बिद्यार्थी बोक्दा आफ्ना छोराछोरीलाई सास्ती भएको अबिभाबकको गुनासो पछि ट्राफिक प्रहरीले आज गरेको अनुगमनको क्रममा २० भन्दा बढी बिद्यालयका स्कुलबस कारबाहीमा परेका छन् ।
schoolपोखराका बिभिन्न स्थानबाट सिट क्षमता भन्दा बढी बिद्यार्थी बोकेका स्कुलबस भेटिएको र ३ ओटा बस र २२ थान बिलबुक नियन्त्रणमा लिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस नियन्त्रणमा लिदा बिद्यार्थीको पढाई प्रभाबित हुने भएकाले अनुगमनमा परेका सबै स्कुलबसको कागजाज नियन्त्रणमा लिई बस छाडिएको र आबश्यक कागजाज नभएका ३ ओटा बसलाई नियन्त्रणमा राखिएको ट्राफिक प्रहरी निरिक्षक दान बहादुर थापाले बताए ।
अनुगमनको क्रममा अमरज्वती, गुरुकुल, शान्ति निकेतन, न्यु मिलिनियम, ग्लोवल कलेजियट, नेशनन ईन्भेन्टिभ, पश्चिमाञ्चल उच्च माबि, बाल प्रभात , गोल्डेन फ्युचर लगायतका बिद्यालयका बसले क्षमता भन्दा बढी बिद्यार्थी बोकेको पाईएको छ ।
यसअघि उच्च माबिको लागि जारी गरिएको आचारसंहिता अनुसार थ्रि एम अर्थात् मोवाईल, मिनिस्कट र मोटरसाईकलको प्रयोग भए÷नभएको अनुगमन थालेको जिल्ला अनुगमन समितिले स्कुल बसको छड्के निरिक्षण गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी लगायत सम्मिलित अनुगमन समितिले पोखराका बिभिन्न स्थानमा एकैपटक अनुगमन गरेको हो । नियन्त्रणमा लिईएको कागजाज सम्बपन्धत सरोकारवालाको उपस्थितिमा आबश्यक कारबाही पछि छाडिने ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबिच प्रतिबन्धित बिद्यालय पोशाकमा मोटरसाईकल चलाउने ५ बिद्यार्थी कारबाहीमा परेका छन् । आचारसंहिता बिपरित बिद्यालय पोशाकमै चलाईएका ५ ओटा मोटरसाईकल नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...