डि एल ए कास्कीको साधारण सभा

पोखरा, ३२ साउन/काँग्रेस निकट कानुन व्यावसायीहरुको डि एल ए कास्कीको साधारण सभा पोखरामा आज सम्पन्न भएको छ । पुनरावेदन अदालत बार एशोसियनको सभाहलमा जारी कार्यक्रमको उद्घाटन गर्दै डि एल ए नेपालका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम कुँवरले नेतालाई राजनीतिक सिद्धान्तले डो¥याउनुपर्नेमा नेपालमा नेताले राजनीतिक सिद्धान्तलाई डो¥याएकाले राजनीतिक अस्थिरता रहेको बताए ।
सङ्गठनका बारेमा कुँवरले सङ्गठन नराम्रो हँदैन नेतृत्व नराम्रो हुन सक्छ, विचार प्रिय भए पनि कहिलेकाहीँ संगठन अप्रिय हुन सक्छ तर त्यसलाई संगठकले सुधार गर्नुपर्नेमा जोड दिए । अनुशासनमा बस्न नसक्ने व्यक्तिले आफूमात्र होइन अरुलाई पनि समाप्त पार्ने बताउँदै उहाँले अनुशासनलाई कडाइका साथ पालना गर्नुपर्ने बताए । हालै न्याय परिषदले गरेको न्यायाधिस नियुक्तिका बारेमा बोल्दै अधिवक्ता कुँवरले साँप जतिसुकै मणिले विभूषित भए पनि टोकेपछि विष लाग्ने तथ्य प्रस्तुत गरेका थिए ।
त्यसैगरी अधिवक्ता एवम् नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल घिमिरेले कानुन व्यावसायलाई व्यावसायीले नै समयसापेक्षित रुपमा परिमार्जन गरेर लान नसक्ने हो भने व्यवसाय नै पछि पर्ने बताए । उनले राजनीतिको मियो का रुपमा काँग्रेसलाई अगाडि बढाउन पनि डि एल एको भूमिका आवश्यक रहेकोमा जोड दिए ।
 

कमेन्टहरु
Loading...