नयाँ संविधानका कुरा अन्तरसंवादमा

पाखरा, ३२ साउन/नेपाल प्राज्ञ मञ्चको आयोजनामासंविधान सभाको दोस्रो निर्वाचनको मुल अन्तरवस्तुका सम्बन्धमा एक अन्तरसंवादात्मक कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । पहिलो संविधान सभाको असफलता पछि पुनः हुन गइरहेको संविधान सभाको दोस्रो निर्वाचनका प्रमुख अन्तरवस्तु तथा नागरिक÷बौद्धिक समुदायको दायित्वका बारेमा साझा अभिमत निर्माण गर्ने उद्देश्यले आयोजना गरेको हो ।
कार्यक्रममो संविधान सभाको दोस्रो निर्वाचन अगाडि नै राजनैतिक दलहरुले संविधान सभाको विगतको असफलताको समिक्षा गरि अब बन्ने संविधान सभाले संविधान दिन्छ भन्ने विश्वास जनतामा दिलाउनु पर्ने धारणा राखेका थिए ।
उनीहरुले विभिन्न क्षेत्रमा क्रियाशील वौद्धिक व्यक्तित्वहरुले राष्ट्रिय संवृद्धि, राष्ट्रियता, राज्य पुनःसंरचना, संघीयता, राज्यको शासकीय स्वरुप लगायतका दीर्घकालिन महत्व राख्ने विषयहरुमा आफ्ना राजनैतिक पार्टीहरुलाई दबाब र आम नागरिकलाई सचेतीकरण गर्ने तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य सुशील प्याकुरेल तथा प्रा.डा नगेन्द्रलाल श्रीवास्तव, आनन्दराज मुल्मी, नारायण कार्की, बाबुराम पौडेल, प्रा.डा भवानी प्रसाद पाण्डे, कृष्ण के.सी, चक्तपाणी सुवेदी, प्रा.डा ज्ञानबहादुर कार्की, कृष्ण गुरुङ, गेहेन्द्रेश्वर कोइराला, टेकनाथ बराल, तारा बराल, विष्णु बराल, पद्मशरण रेग्मी लगायतले अब बन्ने संविधान जनताको सविधान बन्नु पर्ने बताएका थिए । कार्यक्रम नेपाल प्राज्ञ मञ्चका अध्यक्ष प्रा.डा पशुपतिनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...