पोखरामा तारको गुजुल्टोः दुर्घटनालाई निम्तो

पोखरा, १३ साउन /नेपाल भरका सडकका पोलमा तारहरु अव्वस्थित र तारका गुजुल्टा छन् । तारका गुजुल्टाले सहरलाई कुरुप त बनाए कै छ पछिल्लो समयमा दुर्घटनाको जोखिम समेत बन्दै आएका छन् । तिनको व्यवस्थापनमा कहिले र कसरी गर्ने सरकार सगँ योजना छैन ।

घटना नम्बर १

साउन २ गते पोखराको गणेशटोलमा बिजुलीको पोलमा एकाएक आगलागी भयो । बिहान पौने ८ बजे लागेको आगो एक घन्टा लगाएर दमकल निभायो ।

घटना नम्बर २

पोखराको अमरसिंहचोकैमा गएको चैत ९ गते बिजुलीको तारमा ट्र्याक्टर झुन्डियो । बसको छतमा राखेर लैजाँदै गर्दा बिजुलीको तारमा ट्र्याक्टर अड्किएको थियो । धन्न आगलागी वा अरु कुनै अप्रिय दुर्घटना भएन ।

घटना नम्बर ३

अघिल्लो साउन २६ गते पोखराको रानीपौवामा बिजुलीको तार चुँडिएर गुडिरहेको मोटरसाइकलमा खस्दा चालक विष्णु बस्ताकोटीको ज्यान गयो ।

पोखरामा तारको गुजुल्टोः दुर्घटनालाई निम्तो
पोखरामा तारको गुजुल्टोः दुर्घटनालाई निम्तो

अव्यवस्थत रुपमा सडक छेउमा भएका पोल र तारका कारण पोखरामा घटेका केही घटनाको उदाहरण मात्र हुन् । अव्यवस्थत रुपमा गाडीएका पोल र तारका कारण दिन प्रतिदिन पोखरामा दुर्घटना बढ्दै गएका छन् । पोल र पोलमा टागीएका तारका कारण कुरुप त देखीए कै छ दुर्घटना बढ्दै जादाँ जोखिम पनि बढेको छ ।

पोखरामा आउने पर्यटकका लागि तार र तारका गुजुल्टाले नराम्रो प्रभाव पार्ने गरेको टान पोखरामा पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष हरी भुजेलले बताए । त्यसै गरि अर्का पर्यटन व्यवसायी प्रकाश श्रेष्ठले पर्यटकीय शहर भएकाका कारण योजना बन्द रुपमा तारलाई अन्डरग्राउड गर्नु पर्ने बताए ।

तिनै घटनाबाट सवक सिक्दै अव्यवस्थित तार सफाइ अभियान पोखरामा सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ कार्यालयले तार सफाइ अभियान सुरु गरेको हो । पोलमा भएकामध्ये ७० प्रतिशत तार अनावश्यक र काम नलाग्ने रहेछन्’, वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बास्तोलाले भने, ‘पहिला प्रयोग भएका तर अहिले काम नलाग्ने तारैतारको गुजुल्टो धेरै छ, ३० प्रतिशत तारमात्रै काम लाग्ने छ ।’ तिनै अनावश्यक तारहरुको गुजुल्टो दुर्घटनाको कारण हुने गरेको उनले बताए । सबै सरोकारवाला बिजुली, टेलिफोन, केबुल र इन्टरनेटवालाहरुलाई बोलाएरै व्यवस्थित गर्न थालेको उनले बताए ।

पोखराको अमरसिंहचोकैमा गएको चैत ९ गते बिजुलीको तारमा ट्र्याक्टर झुन्डियो । तस्बिरः गुगलबाट
पोखराको अमरसिंहचोकैमा गएको चैत ९ गते बिजुलीको तारमा ट्र्याक्टर झुन्डियो । तस्बिरः गुगलबाट

पोलमा तारहरुको गुजुल्टो एउटा समस्या हो भने बीच सडकमै पोल हुनु अर्काे समस्या । विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाह पोल सार्न आफूहरुसँग बजेट नहुने बताउँछन् । सरकारले चाहेमा अवस्था र आवश्यकता हेरी पोल सार्न सकिने उनले बताए । बजारमा बिजुलीका पोलमा झुन्डिने केबुल, इन्टरनेट र टेलिफोन लगायतको तार व्यवस्थितका लागि सरोकारवालालाई ताकेता गरिरहेको शाह सुनाए ।

पोखरामा गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्दा गम्भीर घाइते
पोखरामा गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्दा गम्भीर घाइते

पोखरा वितरण केन्द्रअन्तर्गत बिजुलीका झन्डै २५ हजार पोल छन् । सडकको विचमा भएका पोलमा ठोक्किएर पनि पोखरामा केही जनाले ज्यान गुमाएका छन् । पोखरामा महानगरपालिकाले बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका केबुलका तारहरु भूमिगत गर्नु पर्ने योजना अगाडी बढाएको छ । पोखरा महानगरपालिकाले यो वर्ष ६ किलोमिटर क्षेत्रको तार भूमिगत गर्ने निर्णय नगरसभाबाटै गर्दै बजेट विनियोजन गरेको छ ।

कमेन्टहरु
Loading...