पोखरा, १२ साउन /हरितालिका तीजको अवसर परेर सर्जक तथा गायक केशव घिमिरेको तीज गीत चम्किलो जुन छैन अडियो तथा भिडियो संगै बजारमा आएको छ ।
केटीः सानू तिम्ले लगाउदा सारी, हेर्छु आखाँ झिमिक्कै न पारी मायालुले हेरन अैना तिमी जस्तो चम्किलो जुन छैन ।
केटीः जानेका छौ फुर्क्याउन निकै, सुहाउछु र म तिम्रो नजिकै मायालु ले हेरन अैना ,तिमी जस्तो उज्यालो जुन छैन ।
प्रेमी प्रेमीकाले एक अर्कोलाई प्रशंसा गरेको शब्दहरु रहेको बोल मायाका जोडी मोडल प्रकाश सपूत र अञ्जली अधिकारी छमछ्म नाचेको देख्न सकिन्छ । चन्दन म्युजिक उत्पादक तथा बितरक रहेको यस गीतमा संगीता सुवेदी, बिष्णु अधिकारी, चन्द्रिका खत्री, विकाश कार्कीको प्रस्तुति छ भने केशव घिमिरे र देबि घर्तीको स्वर साथै केशब घिमिरे कै शब्द, लय रहेको छ । घिमिरे कै शब्द लय रहेको दिपक कार्कीको मै नाच्न न जान्नी बोलको अर्को तिज बजारमा आइसकेको छ ।
बिगत १२ बर्ष देखि साङितिक क्षेत्रमा लागेका घिमिरेका किन्दिउला म चुरा, म पनि के छु र कमि , चट सारी मिलाएर लाउन सिकाइदिउला, नारी त लक्ष्मी हुन, आमाले पकाको खाउला मिठो दर, एक नम्बर , पुराना भाका नै हराछ्न, बचन न लाउ है लगायत लोक दोहोरी गीत जेलमा थुनेनि, रुन्छु बर्है महिना, देखन मन लाइरन्छ, धर्ती फाटला, आधीखोला तरेर, मागी बिबाह संगै करिब १५० भन्दा बढी गीत बजार मा आइसकेका छन् । दुर्गा पौडेलको छायांकन, बिजय बुढा मगरको निर्देशन नवीन घर्तीको सम्पादन साथै निर्माण एकता फिल्म्स को रहेको छ ।