कैलाश विकास बैंकले १५ ट्रक जलकुम्भी झार भिक्यो

पोखरा, ३२ साउन/लकुम्भी हटाऔं फेवाताल बचाऔं भन्ने मुल नारा तथा फेवाताल सरसफाईमा कैलाश विकास बैंकको पहलमा सरसफाई गरेको छ । कैलाश विकास बैंक लि. लेकसाईड शाखाका प्रमुख लक्ष्मण बरालको संयोजकत्वमा भएको कार्यक्रमा फेवाताल वरिपरि रहेका विभिन्न संघ संस्था, बैंक तथा फाइनान्स कम्पनीहरु, स्थानीय क्लब, कालिका सशस्त्र प्रहरी गण, आमा समुहहरुले फेवातालबाट जलकुम्भी झार झिकेका थिए ।कार्यक्रममा कैलाश विकास बैंकका ब्यापार तथा कर्जा प्रमुख विद्यावारिधी सिग्देल र पोखरा आसपासका शाखा कार्यालयहरु चिप्लेढुंगा, पृथ्वीचोक, लामाचौर, बाझापाटन, बुढीबजार तथा लेकसाईडका शाखा प्रमुख सहित ५० जना कर्मचारीहरुको सहभागिताका रहेको थियो । कार्यक्रमा बैंकका निर्देशक गोपाल प्रसाद पौडेलले कैलाश विकास बैंकले आफ्नो खाली निक्षेप संकलन तथा ऋण लगानीमात्र नभै सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रमहरु अगाडी सारेको बताए ।
कार्यक्रमा १५ ट्रक जलकुम्भी निकाली उचित ब्यवस्थापन गर्र्न सफल भएको कार्यक्रमका संयोजक लक्ष्मण बरालले जानकारी दिए । बैंकले देश भरिका २२ वटा शाखा मार्फत कारोबार संचालन गर्दै आएको छ । हालसालै प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार गत आ.व.मा यस बैंकले ६ अर्व २६ करोड निक्षेप संकलन गरी ५ अर्व ३८ करोड कर्जा लगनी गर्दै २३ करोड ९० लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
 

कमेन्टहरु
Loading...