पोखरा, ३२ साउन/बाराही उच्च मावि पोखरा—५ मालेपाटनमा आज कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत उत्कृष्ट हुने छात्रछात्रलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा शिक्षक रामप्रसाद पोख्रेल र श्रीराम पौडेलले कार्यक्रमको महत्वको बारेमा जानकारी दिएका थिए ।
त्यस्तै विद्यालयका प्राचार्य शिवप्रसाद भण्डारीले विद्यालयको शैक्षिक गतिविधि माथि प्रकाश पार्दै विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीबाट प्राप्त दलित छात्रवृत्ति र गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरिएको थियो ।
विद्यालयका प्राचार्य शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक शम्भुप्रसाद पराजुलीले गरेका थिए ।
