कास्कीको चेकिङ राजमार्गमा, अस्पष्ट तथा सानो अक्षरको नम्बर प्लेट र नबिकरण फेल

पोखरा, ११ साउन /कास्की प्रहरीले सवारी चेकजांचलाई कडा बनाएको छ । प्रहरीले नविकरण फेल भएका र अस्पष्ट तथा सानो अक्षरको नम्बर प्लेटको सवारीलाई विशेष निगरानीमा राखी कारबाहीको दायरमा समेत ल्याएको छ । पोखरा भित्रिने र बाहिरीने नाकाहरुलाई लक्षित गरी कास्की प्रहरीले सवारी साधनको चेकजांचलाई कडा बनाएको हो ।

पर्यटकीय शहर पोखरामा विशेष सुरक्षा योजना बनाइ पोखरा भित्रिने र बाहिरीने नाकाहरुमा विभिन्न अपराधिक गिरोह तथा लागुऔषधहरु भित्रिने तथा बाहिरीन सक्ने भन्दै कास्की प्रहरीले राजमार्ग र शहर भित्रका विभिन्न स्थानमा सवारी चेकजांचलाई कडाइका साथ अगाडी वढाएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले बताए ।

विशेष गरी प्रहरीले चेकजांचको क्रममा नविकरण फेल भएका र सानो तथा अस्पष्ट अक्षरका नम्बर प्लेट भएका सवारीहरुलाई कारबाहीको दायरामा ल्याएको छ । पोखरामा दिन प्रतिदिन सवारी साधनको संख्या वढिरहेकाले कुनैपनि सवारी साधनहरुले दुर्घटना गराएमा, बाइकमा आएर चोरी गरेमा, झगडा गरेको खण्डमा पहिचान गर्न अफ्ठेरो हुने भएकाले त्यसैलाई मध्येनजर गरेर नविकरण फेल र सानो अक्षरका नम्बर प्लेट राखेको सवारीलाई कारबाहीको दायरामा ल्याउनु परकोे कास्की प्रहरी प्रमुख रानाको भनाइ छ ।

विशेष गरी नया मोडेलका मोटरसाइकलहरुको नम्बर प्लेट अत्यन्तै सानो अक्षरको वढी मात्रामा चेकजांचमा भेटिएको र त्यस्ता मोटरसाइकलहरुले दुर्घटना गराएमा पहिचान गर्न अफ्ठेरो हुने भएकाले पनि त्यस्ता सवारी चालकहरुलाई कारबाही गरी आगामी दिनमा प्रस्ट देखिने गरी नम्बर प्लेट राख्न सुझाव दिएको प्रहरी प्रमुख मगरले वताए ।

रानाले कास्की प्रहरीको कमाण्ड सम्हालेदेखीनै पोखरा संग जोडिएको राजमार्गमा कुकुर सहितको बिशेष चेकजांचलाई समेत प्रत्येक हप्ता निरन्तरता दिइरहेको छ । शुक्रबार मात्रै पृथ्वी राजमार्गमा गरिएको सवारी चेकजांचको क्रममा ८९ वटा सवारी साधन कारबाहीमा परेभने ५ सय वढी मोटरसाइकल चालकलाई नम्बर प्लेट अस्पस्ट रहेको भन्दै आगामी दिनमा प्रस्ट नम्बर देखिने गरी नम्बर प्लेट राख्न सुझाव दिई सम्झाइ बुझाइ पठाएको बताए ।

शुक्रबारको चेकजांचको क्रममा नविकरण फेल भएका र क्षमता भन्दा बढी यात्रु बोक्ने तथा सिसामा कालो प्लाष्टिक राखेर सवारी चलाउनेलाई नियन्त्रणमा लिइ कारबाही गरिएको उनको भनाई छ । चेकजांचको क्रममा काठमाण्डौ पोखरा चल्ने सानो माइक्रो हाइसलाई क्षमता भन्दा बढी सीट थप गरेर सिसामा कालो प्लाष्टिक राख्ने ९ वटा हाइसलाई कारबाही गरिएको छ ।

त्यसैगरी नविकरण फेल भएको ट्रक १, सवारी चालक अनुमति नभएको ३ वटा कारलाई नियन्त्रणमा लिइ कारबाही गरेको छभने सवारी चालक अनुमति पत्र नभएको २१ वटा मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गरिएको रानाले बताए ।

कमेन्टहरु
Loading...