प्रथम पोखरा व्याटल फिल्ड फुटसल कप सुरु

सागर राज तिमिल्सिना
पोखरा, ३२ साउन/पोखरामा पहिलो पटक प्रथम पोखरा व्याटल फिल्ड फुटसल कप शुरु भएको छ । उद्घाटन खेलमा आयोजक पोखरा ब्याटलफिल्ड प्रालिले विजयी सुरुवात गरेको छ । आयोजकले कमल पोखरी युवा क्लबलाई ५–० गोल अन्तरले पाखा लगाउदै आयोजक व्याटल फिल्डले विजयी सुरुवात गरेको हो । आयोजकको जितमा आशिश अधिकारी र शुरेस श्रेष्ठले २÷२ गोल गरे भने माकुरेले एक गोल गरे ।
100_9463दोश्रो खेलमा रत्नचोक क्लव बीले मालेपाटन युवा क्लबलाई ३–१ ले पराजित ग¥यो । भ्याली स्पोटर्स क्लवले क्लब नाईनलाई ४–२ को गोल अन्तरले हरायो । चौथो खेलमा गार्डेन फुटवल क्लबले अर्चलवोर्ट क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । पाँचौं खेलमा संगम क्लव एले व्वाईज युनाईटेडलाई एक तर्फी ६ गोल बर्षाउदै दोश्रो चरणमा स्थान बनाएको छ ।
अर्को खेलमा ईन्द्रचोक क्लबले एफ.सी. पावरहाउसलाई ६–२ को गोल अन्तरले पराजित ग¥यो । सातौं खेलमा लेकसाईड पिस क्लवले बुद्धटोललाई एक गोलको बिरुद्ध ८ गोलको फराकिलो अन्तरले पराजित गर्यो । आठौं खेलमा एल.जी. एसोशिएसनले नारेश्वरलाई ५–१ को गोल अन्तरले पन्छायो । रन्जन स्मृति क्लवले सी.पी. युनाईटेडलाई ३–२ को कडा प्रतिष्पर्धामा नतिजा निकाल्दै दोश्रो चरणमा स्थान बनायो ।
100_9437होम टाउन एफ.सी.ले आर.सी.सी.लाई ५–१ ले पराजित गर्यो भने अर्को खेलमा रंगिला डान्स बारले सर्वेश्वर युवा क्लबलाई ५–४ को कडा प्रतिष्पर्धामा जित दर्ता गर्यो । प्रतियोगितामा ४१ टिमले सहभागिता जनाए छन् । प्रतियोगिमा प्रथम हुनेले २५ हजार, उपविजेताले १० हजार साथमा ट्रफि मेडल प्रमाण–पत्र प्रदान गरीने भएको छ ।
यसै विच प्रतियोगितासंगै प्रालिद्धारा संचालीत फुटसल तथा पेन्ट वलको समेत औपचारीक उद्घाटन गरीएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोईरालाले खेलको उद्घाटन गर्दै युवाहरुलाई मर्यादित र सम्मेमित हुन आग्रह गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोईरालाले रिवन काट्दै तथा पेन्टवल (रंगवल ) खेलको करीब ५० मिटर टाडा रहेको वेलुन बन्दुकको साहायताबाट फुटाएर खेल मैदानको उद्घाटन गरेका हुन ।
उनले भोलिका भविश्यका कर्णधार युवा बर्ग नै भएकोले यस्ता खेलको माध्यमबाट पोखरा सहित नेपालको पहिचान गराउन मद्धत पुराउने दाबी गरे । सहारा क्लबका अध्यक्ष विक्रम थकालीले यस खेलले पोखरालाई खेलकुदको राजधानि बनाउन थप टेवा पुराउने बताए । फुटसश प्रतियोगिता ५÷५ जना विच खेलिन्छ भने ईण्डोर हलमा हुने खेलमा पहिलो पटक पोखरामा हुन लागेको हो ।
प्रालिले केहि समय अधि देखि पोखराको लेकसाइड बैदाम एसियाना गल्लीमा फुटसल (इण्डोर फुटबल) मैदान र पेण्टबल (कलर वल) खेल्ने मैदान तयार पारेको छ । धनबहादुर गुरुङ, गुप्ता लामा र रविन उपाध्यायको संयुक्त लगानीमा पोखराका तीन युवाहरुले करीब ५० लाखको लगानीमा उक्त खेल भित्राएका हुन ।

कमेन्टहरु
Loading...