बुगीवुगी फाइनलिस्ट प्रगतिलाई जन्म र कर्म स्थानमा भव्य स्वागत

पोखरा, ९ साउन /‘अब नाच्छ नेपाल’ नाराका साथ एपी वान टेलिभिजनले सुरु गरेको प्रथम डान्स रियालिटी सो बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी प्रगति पुनलाई जन्म र कर्म स्थलमा भव्य स्वागत गरेका छन् । पुनलाई उनको कर्मस्थल पोखरा र जन्मस्थल तनहुँको शुक्ला गण्डकीमा उनका सर्मथक साथी र आफ्न्तले भव्य स्वागत गरे ।

बुगिवुगीको फाइनल प्रवेश गरेपछि पहिलोपटक जन्मस्थान पुगेकी लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउन र शुक्लागण्डकी युवा क्लबको आयोजनामा प्रगतिलाई स्वागत एवंम सम्मान गरेको छ । शुक्ला गण्डकी २ कोत्रे नर्सरीकी प्रगतिले हजारौ प्रतिष्पर्धीलाई पछाडी पार्दै गण्डकी प्रदेशको प्रतिनीधित्व गर्दै फाइनल सम्मको यात्रा तय गरेकी हुन् ।

प्रगति पुनलाई घरमा पुगेर शुभकामना दिदै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ
प्रगति पुनलाई घरमा पुगेर शुभकामना दिदै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ

उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र प्रदेश सभा सदस्य आशा खनालले सम्मान गरे । कार्यक्रममा अर्थमन्त्री गुरुङले सफलता प्राप्तीका लागि संघर्ष गर्नुपर्ने बताए । ‘आफुभित्र रहेको प्रतिभालाई उजार गर्दै इमान्दरिताका साथ लाग्ने हो भन्ने एकदिन सफल भइन्छ’ मन्त्री गुरुङले भने, ‘यसको उदाहरण प्रगति हुन् ।’ प्रगतीले बुगीवुगीको फाइनसम्म आफ्नो मेहेनेतले पुगेको र विजेता बनाउने जिम्मेवारी हाम्रो रहेको भन्दै भोट गर्न अनुरोध गरे ।

प्रदेश सभा सदस्य आशा कोइरालाले हरेक मान्छेसँग प्रतिभा हुने र प्रस्फुटन गर्न सके मात्र सफल बन्ने बताइन् । ‘प्रगतीलाई विजेता गराएर सफल कलाकार बनाउने बताइन् । प्रगतिले आफुले सबैले माया पाएर फाइनलसम्मको यात्रा तय भएको उल्लेख गरिन् ।
प्रगतीलाई स्वागतका लागि उनका समर्थकको पोखरा विमानस्थलमा पुगेका थिए ।

विमानस्थलबाट पोखरा परिक्रमा गरेर मगर संघ कास्कीमा उनलाई सम्मान गरेका थिए । त्यस पछि तनहुँ घर पुगेकी उनलाई उनकी आमा र आफ्न्तले स्वागत गरे । बुधबार नै तनहुँका विभिन्न ठाउँमा कार्यक्रम गरी प्रगतीलाई सम्मान गरे गर्दै भोटमाग्न आग्रह गरेका छन् । कार्यक्रमा प्रगती र उनका साथीहरुले नृत्य देखाएर सबैलाई दंग पारेका थिए ।

अन्तिम प्रतिस्पर्धाका लागि तीन जना पुगेका छन् । उपाधीका भिडन्तका लागि सरोज मोक्तान, प्रगति पुन र कविता नेपाली प्रतिस्पर्धामा छन् । बुगिवुगीको अन्तिम प्रतिस्पर्धाको नतिजा साउन १९ गते हुने छ भने विजेताले नगद २५ लाख रुपैया पाउने छ ।

कमेन्टहरु
Loading...