अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रक कारबाहीमा

पोखरा, ६ साउन /पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ । आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०/१० हजार जरिवाना गरेको हो ।

वडा प्रहरी कार्यालय बगरले ती ट्रकलाई समातेर महानगरपालिकालाई बुझाएको हो । महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार ग १ ख ७८०२, ग १ ख ६४८४, ग १ ख ७१५७ र ग १ ख ४०९९ नम्बरका मिनी ट्रक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको टेन्डरको समय सकिएको र यो वर्षलाई टेन्डर नभएको अवस्था अवैध रुपमा बालुवा निकासी हुने गरेकाले प्रहरीले सक्रिया बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षको लागि विभिन्न घाटको टेन्डर आह्वान गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...