पोखरा व्याटलफिल्ड फुटसल कपको तयारी पूरा

पोखरा, ३१ साउन/पोखरामा आयोजना हुन लागेको प्रथम पोखरा व्याटल फिल्ड फुटसल कपको तयारी पुरा भएको छ । पोखरा ब्याटलफिल्ड प्रालिको आयोजनामा भोली देखि संचालन हुने प्रतियोगिताको तयारी पुरा भएको प्रालिका अध्यक्ष गुप्त लामाले जानकारी दिए । भदौ ३ गतेसम्म संचालन हुने प्रतियोगितामा काठमाण्डौंका ३ टिम, बागलुङ, तनहुँ लगायतका ठाँउबाट गरि ४० टिमले सहभागि जनाउने लामाले बताए ।
प्रतियोगिमा प्रथम हुनेले २५ हजार, उपविजेताले १० हजार साथमा ट्रफि मेडल प्रमाण–पत्र प्रदान प्राप्त गर्ने छन् । प्रतियोगिता ५÷५ जना विच खेलिन्छ भने ईण्डोर हलमा हुने खेलमा पहिलो पटक पोखरामा हुन लागेको हो । प्रालिले केहि समय अघि देखि पोखराको लेकसाइडमा फुटसल मैदान तयार पारेको छ । धनबहादुर गुरुङ, गुप्ता लामा र रविन उपाध्यायको संयुक्त लगानीमा पोखराका तीन युवाहरुले करीब ५० लाखको लगानीमा खेल भित्राएका हुन ।
५५ मिट चौडाई र ९० फिट लम्वाई भएको मैदानमा करिब १५ लाखको ग्रास कार्पेट ओछ्याइएको प्रालिले जनाएको छ । नकआउका आधारमा खेलाइने प्रतियोगिताको खेल अवधि २० मिनेटको मात्र हुनेछ । प्रतियोगिता सन्चालन गर्नका लागी करिब १ लाख ७५ हजार लाग्ने आयोजकको अनुमान छ ।
 

कमेन्टहरु
Loading...