तीज गितको एल्बम चट्ट साडी मिलाएर.. बजारमा

पोखरा, ३१ साउन
किन लाउँदो हो हाँसो र रंग नि पाँच पैसाको छैन ओई ढंगनी,
चट्ट साडी मिलाएर लाउन सिकाई दिउँला,
१ महिनाको १० हजार लेउ मलाई मैले जस्तै तीजको गित गाउन सिकाईदिउँला…….
तीज नजिकिदै जाँदा तीजे गितसम्बन्धि एल्बमहरु बजारमा आउने क्रम ह्वातै बढेको छ । पछिल्लो समयमा गिती एल्बमहरुले लगानि नउठाएपनि बजारमा आउने गिती एल्बमहरु भने बढेका छन् । यहि भीडमा चन्दन डिजिटल म्युजिक प्रा.लि.पोखराको प्रस्तुतिमा चट्ट साडी मिलाएर…हल्का कपाल… भन्ने एल्बम बजारमा आएको छ ।
tij geti albme photoकिनिदिउँला म चुरा र मुकुन्देको बाऊको अपार सफलतापछि गायक, लय तथा शब्द संकलन केशब घिमिरे, लक्ष्मी बराल र गिता लामिछानेले ले यसपालीको तीजमा चट्ट साडी मिलाएर… हल्का कपाल… एल्बम बजारमा ल्याएका हुन् । ‘तीजको गितको एल्बम बिगत ३ बर्षदेखि ल्याएका छौं, संस्कृती बँचाउन र महिलाका दुःख पीडाका गितहरु समाबेश गरिएको छ’ घिमिरेले भने–‘स्वस्थ मनोरञ्जनको लागि हामिले तीजे गिती एल्बम बजारमा ल्याएका हौं, एल्बमको माग बढ्दो छ, लगानी उठाउनेमा ढुक्क छौं ।’
एल्बममा ७ वटा गित समाबेश छन् । नारीका दुःख, पीडा तथा संर्घषका कथाहरु समेटिएका छन् । चट्ट साडि मिलाएर, हल्का कपाल, ल्याईदिउँला नि तिजमा लाउने साडि, गीत गाउँदा गाउँदै, देश बिग्रियो राजनीतिले र मुकुन्देको बाउ… बोलका गितहरु एल्बममा छन् । ४ गितमा केशब घिमिरेको लय शब्द संकलन र स्वर रहेको छ भने २ गितमा राजन कार्की र पार्वति धितालको शब्द र लय छ । यी गितमा घिमिरे, लक्ष्मी बराल, राजन कार्की, प्रकाश बराल, कृष्ण देबकोटा, प्रदिप त्रिपाठी, गिता लामिछाने, राधिका हमाल, पार्वति धिताल, सुर्य बिनायक, सरिता पोखरेल र किशु गुरुङको स्वर रहेको छ ।
‘हाम्रो एल्बमका गितहरु फरक खालका छन, महिलाका पीडा ब्यथासंगै देशको समसायिक राजनीतिसंग सम्बन्धित गितहरु छन्’ घिमिरेले भने–‘यी गितले अहिले बजारमा राम्रै चर्चा पाएका छन् र राम्रो चल्नेमा हामी बिश्वस्त छौं ।’ सबैको गितको म्युजिक भिडियो भएको छ । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । जसमा चर्चिच कलाकार सम्झनम बुढाथोकी, पार्वति राई, बिजय थापा, हिमाल के.सी, शिब सुवेदी र राजेन्द्र पौडेलको अभिनय रहेको छ ।

कमेन्टहरु
Loading...