पोखरा, ३० असार /एसईई उत्तीर्ण विद्यार्थीको सम्मान तथा साहित्यिक कार्यक्रम तनहुँ सम्पर्क समाज पोखराको आयोजनामा सम्पन्न भएको छ । २०५औं भानु जयन्तीको अवसरमा शनिबार कार्यक्रम गरिएको हो । समाजले वर्षेनी सम्मान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई प्रोत्सहित गर्न कार्यक्रम गरिएको अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।
कार्यक्रममा जिल्ला अदालत कास्कीका न्यायाधीस दीपेन्द्र अधिकारीले एसइई उत्तीर्ण विद्यार्थीलाई आफ्नो रुचीको विषय अध्ययन गरेर सफल बन्न आग्रह गरे । ‘विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘तर त्यसले पार्ने दुरगामी असरका वारेमा पनि ख्याल गर्नुपर्छ । यसको प्रयोग गर्दा कानुनलाई पनि ध्यान दिनुपर्छ ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्य, समाजका संस्थापक अध्यक्ष चन्द्र विक्रम अधिकारी, पूर्व अध्यक्ष मुरलीमोहन काफ्ले, मातृभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकान्त शर्मा खतिवडा, कार्यक्रम संयोजक चन्द्रावती वाग्ले, संस्थाका महासचिव भुवन पराजुली, साहित्यकार छन्दिका त्रिपाठी, अम्विका भण्डारी लगायतले बोलेका थिए । भानुजन्यन्तीको अवसरमा भानु सम्वन्धी विभिन्न रचना पनि वाचन गरिएको थियो ।
संस्थाका उपाध्यक्ष भरत केसीद्वारा बुवाको नाममा स्थापना गरिएको ‘मकरस्मृति’ पुरस्कारको अक्षयकोषबाट प्राप्त व्याजबाट सर्वोत्कृष्ट ४ जना विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गरिएको छ । सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र प्रशन्न लौडारी र निकेश गिरी तथा छात्रा शोभा काप्mले र सदिप्ता पौडेललाई नगदसहित पुरस्कृत गरिएको हो ।
कार्यक्रम संयोजक तथा गायिका चन्द्रावती वाग्लेको तीजको गीति एल्वमको सिडी पनि कार्यक्रममा विमोचन गरिएको छ ।
भानुजयन्तीकै अवसरमा संस्थाले शुक्रबार मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो । ३४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक जगन्नाथ गौतमले जानकारी दिए । रक्तदानमा रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।