क्युवामा ह्युगो चाभेज चौथो पटक राष्ट्रपतिमा निर्वाचित

आश्विन २२ / भेनेजुएलामा ह्युगो चाभेज फेरि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । अमेरिकाका कट्टर विरोधी चाभेजले चौथो पटक राष्ट्रपतिमा जितेर आधुनिक ल्याटिन अमेरिकी इतिहासमा प्रभावशाली व्यतित्वका रुपमा आफुलाई उभ्याउनु भएको छ ।

५८ वर्षीय चाभेजले ५४ प्रतिशत भन्दा बढी मत पाउनुभएको त्यहांको निर्वाचन आयोगले जनाएको छ । ३० पार्टीको गठबन्धन बनाउनु भएका वि
पक्षी नेता हेन्रिके क्याप्रिलासले ४४.९७ प्रतिशत मात्रै मत पाउनु भएको छ । उहांले चाभेजलाई बधाई दिदै आफ्ना कार्यकर्ताहरुले हार मान्न् नपर्ने प्रतिक्रिया दिनुभएको छ ।

सन् १९९९ मा सत्तामा आएका पूर्व सैनिक चाभेजको समाजवादी नीति विशेष चर्चामा छ । चाभेजले जितेको खुशियालीमा राजधानी काराकसमा उहांका समर्थकहरुले खुयिाली मनाएका छन् । भेजेजुयला विश्वको मुख्य तेल उत्पादक राष्ट्र हो ।

कमेन्टहरु
Loading...