मिस पोखराको तयारी तिब्र, आवेदनको फाराम खुल्ला

पोखरा, ३० असार /पोखरा जेसीजको आयोजनमा हुदैआएको सौन्दर्य प्रतियोगिता मिस पोखराको दशौं संस्करण तयारी तिब्र पारेको छ । प्रतियोगितमा भाग लिन इच्छुकका लागि आयोजकले आवेदन फाराम वितरण शुरु गरेको छ ।

हिमा अस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजन हरेको दशौं संस्करणको मिस पोखरा २०१८ को लागि आवेदन फाराम खुल्ला भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा प्रमाणपत्र तह उत्तीर्ण गरेका र १६ देखी २४ बर्ष सम्मका अविवाहित नारीहरुले सहभागिता जनाउन पाउने कार्यक्रम संयोजक जेसी देवराज शर्माले बताए । सहभागी हुन चाहनेहरुले फारम भरिसकेपछि साउन १९ गते अडिसन हुने र करिब एक महिनाको बन्द प्रशिक्षण पछि असोज २० गते प्रतियोगिताको फाईनल पोखरा सभागृहमा हुने उनले बताए ।

प्रतियोगिताको बिजेताले ’मिस पोखरा’को टाईटल संगै ताज, स्कुटर, ५० हजार रुपैंया तथा आकर्षक गिफ्ट ह्याम्पर सहित एक हप्ता अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । मिस नेपालमा सिधै सहभागिता जनाउन पाउनेछिन् ।

यस्तै, फस्र्ट रनर अपले ताज, ३० हजार रुपैया र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने सेकेण्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् । अन्य १० जना प्रतियोगिलाई बिधागत रुपमा सब टाईटल अवार्ड सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक पोखरा जेसिजका अध्यक्ष शिव सुवेदीले जानकारी दिए । मिस पोखराले मिस नेपालमा बिना अडिसन सिधै सहभागी हुन पाउने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न ३० लाख ३० हजार खर्च र ३४ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको आयोजकको छ ।

यस्तो छ तालिका

S.N Title & Award Program Details & Schedule
1 Miss Pokhara -2018 Scooter, Crown, Cash Rs. 50000 & 1 week Australia Tour, other Gift Hamper
Application Form : June 19, 2018 (Adhad 05, 2075)

2 First Runner-Up Crown, Cash Rs 30,000 & Other Gifts Open Press Meet 1st : July 12, 2018 (Adhad 28, 2075)

3 Second Runner-Up Crown, Cash Rs. 20,000 and Gift hamper Application Deadline : Aug 02, 2018 ( Shrawan 17, 2075)

4 Miss Best Personality Title Award & Gift Hamper Audition Round : Aug 04, 2018 ( Shrawan 19, 2075)

5 Miss Best Talent Title Award & Gift Hamper Press Meet 2nd : Aug 23, 2018 ( Bhadra 07, 2075)

6 Miss Best Smile Title Award & Gift Hamper Orientation and Counseling : Aug. 24 & 25, 2018 ( 08 & 09
Bhadra, 2075)

7 Miss Best Hair Title Award & Gift Hamper Training Session : Sept. 01 to Oct. 3, 2018 (Bhadra 16
to Ashwin 18, 2075)

8 Miss Best Catwalk Title Award & Gift Hamper Photo Shoot : Sept. 8, 2018 (Bhadra 23, 2075)

9 Miss Best Dress Title Award & Gift Hamper Talent Round Competition : Sept. 22, 2018 (Ashwin 06, 2075)

10 Miss Photogenic Title Award & Gift Hamper Pre-Judgment : Sept. 29, 2018 ( Ashwin 13, 2075)

11 Viewer’s Choice Award (Audience Voting) Title Award & Gift Hamper Press Meet 3rd : Oct. 03, 2018 ( Ashwin 17, 2074)

12 Miss Popularity (SMS voting) Title Award & Gift Hamper Close Camp : Oct 04-05, 2018 (Ashwin 18-19,
2075)

13 Miss Intellect Title Award & Gift Hamper Rehearsal : Oct 05, 2018 (Ashwin 19 2075)

Grand Finale : Oct.06, 2018 ( Ashwin 20, 2075)

कमेन्टहरु
Loading...