भदौ १३ भित्र कास्कीको अधिवेशन गराउछु ः भण्डारी

पोखरा, ३१ साउन/नेपाल विद्यार्थी संघ कास्कीले आसन्न अधिवेशनलाई मध्यनजर गर्दै पछिल्लो समयमा संगठन विस्तारलाई तिव्रता दिएको छ । त्यसै क्रममा कास्की जिल्लाको काँहु वडा नं ९मा रहेको कालीका मा.वी.मा बिहीवार सन्तोष बि.क.को सभापतीत्वमा २८ सदस्सीय इकाई समिती गठन गरेको छ ।
जसमा उपसभापती सञ्जु कार्की, सचीव सुस्मीता आचार्य, सहसचीव सिमा पौडेल, कोषाध्यक्ष आशिष आचार्य, सहकोषाध्यक्षमा आशिष बहादुर आचार्य र इन्दिरा बास्तोला रहेका छन् । ने.वि.संघ कास्की क्षेत्र नं २ का सभापती सन्तोष बास्तोलाको सभापतीत्वमा सम्पन्न कार्यक्रमका ने.वि.संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले रास्ट्रियता रक्षाका लागी पनि ने.वि.संघमा गोलबन्द हुनुपर्ने बताए ।
ने.वि.संघ ने.वि.संघ कास्कीका सहसचीव खुसीराम बरालले ने.वि.संघ बाहेक अरु कसैले विद्यार्थी हक अधिकार सुनीश्चीत गर्न नसक्ने बताए । त्यसैैगरी लेखनाथ नगरपालीका १२ ढुङ्गेपाटनमा रहेको त्रिभुवन शान्ति उच्च मा.वि.मा पनि बिहीवार छाया थापा मगरको सभापतीत्वमा ५२ सदस्सीय इकाई समिती गठन भएको छ । जसमा उपसभापती सनम पुर्जा मगर,मनिषा पौडेल र मोहन पुःन,सचीव मनिषा पौडेल,सहसचीव आरती भुजेल,कोषाध्यक्ष प्रदीप तिवारी, सहकोषाध्यक्षमा सुजन सुनार रहेका छन् ।
कार्यक्रममा सभापती कल्याणबाबु भण्डारीले संगठनमा नयाँ नेतृत्वको खाँचो भएको र नयाँ पुस्तालाई अघि ल्याउन अधिवेशन आवशक रहेको बताए । उनले केन्द्रको निदे्रशनलाई पालना गर्दै भदौ १३ गते अघि नै क्याम्पस र क्षेत्रीय अधिवेशन भ्याएर जिल्ला अधिवेशन गराउने पनि जानकारी दिए ।

कमेन्टहरु
Loading...