पोखरामा बिदेशीद्धारा संचालन गरिएका रेष्टुरेण्टमा अनुगमन

पोखरा ३० साउन । पर्यटकिय नगरी पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा बिदेशीद्धारा संचालित रेष्टुरेण्टको अनुगमन गरिएको छ । बिदेशी नागरिकद्धारा संचालन गरिएका अधिकांश रेष्टुरेण्ट कानुन बिपरित रहेको गुनासो आएपछि जिल्ला प्रंशासन कार्यालयले अनुगमन गरेको हो ।
बुधबार तीन ओटा रेष्टुरेण्टमा गरिएको अनुगमनको क्रममा दुई ओटाले नगरपालिकाबाट ब्यबशाय संचालन अनुमति पत्र नलिएको पाईएको छ । अनुगमनको क्रममा पोखरा ६ बैदाममा चाईनिज द्धारा संचालन गरिएको चाईनिज गार्डेन र कोरियन बृद्धा बृद्धाले संचालनमा ल्याएको नाप्सुल कोरियन रष्टुरेण्टले पोखरा उपमहानगरपालिकामा ब्यबशाय संचालन अनुमति पत्र नलिई रेण्टुरेण्ट संचालन गरेको भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए ।
नाप्सुल कोरियन रष्टुरेण्टबाट १० केजी सडेको मासु नष्ट गरिएको उनले बताए । रेष्टुरेण्ठका संचालकलाई सबै कागजपत्र सहित १५ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । त्यस्तै पोखरा आरिटाङ कोरियन रेष्टुरेण्टले सबै कानुनी प्रक्रिया पुरा गरेको भेटिएपनि सरसफाईमा भने कमजोर देखिएको छ । बुधबार अनुगमनमा परेका तीन ओटै रेष्टुरेष्टमा सरसफाईको स्तर निकै कमजोर देखिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । तीन ओटै रेष्टुरेण्टलाई अर्को पटकको अनुगमनमा सरसफाईको स्तर सुधारेको नपाईए कारबाही गर्ने सर्तमा छोडिएको छ ।
अनुगमनको क्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने शर्माले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा बिदेशीद्धारा संचालित रेष्टुरेण्टको बिरुद्धमा उजुरीको चाङ छ । उनिहरु बिरुद्ध अहिलेसम्म २० भन्दा बढी उजुरी परेकाले अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन् । उजुरीमा श्रम स्विकृत नलिएको, भिषा अनुमति पत्र नभएको, ब्यबशाय संचालन अनुमति पत्र समेत नरहेको लगायतका बिषय उल्लेख गरिएको छ ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारीको साथमा उपमहानगरपालिका, आन्तरिक राजश्व, खाद्य , गुणस्तर तथा नापतौल कार्यालय, पर्यटन कार्यालय र उपभोक्ता समितिका प्रतिनिधिको सहभागिता थियो । टोलिले बिदशीद्धारा संचालित रेष्टुरेण्टमा श्रम स्विकृति, भिषा अनुमति, होटलको स्वामित्व, सरसफाई, खानाको गुणस्तर लगायतका कुराको अनुगमन गरेको थियो ।
पोखराको लेकसाईडमा बिदेशीद्धारा संचालित करिब २० वटा रेष्टुरेण्ट रहेकोमा ३ ओटा मात्र रेष्टुरेण्ड एण्ड बारे एसोसिएसन रेवानमा आबद्ध भएका छन् । लेकसाईडमा पर्यटकिय स्तरका रेवानसंग आबद्ध एक सय २० र अन्य गरी करिब साढे दुई सय रेष्टुरेण्ट संचालनमा छन् ।
सबै कानुनी प्रक्रिया पुरा नगरेकाले सबै बिदेशीद्धारा संचालन गरिएका रेष्टुरेण्टलाई आबद्ध नगरिएको रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईले बताए । ‘ बिदेशीहरुले नेपालमा ब्यबशाय संचालन गर्दा कतिपयलाई यहाको प्रचलित एन कानुनको बारेमा जानकारी छैन उनले भने ‘ त्यो भन्दैमा बिदेशी लगानी हतोत्साहि हुनेगरी अनुगमन गरिनु हुन्न । ’
नियमित अनुगमनको पक्षमा ब्यबशायी भएपनि ४ बर्षपछि मात्र बुधबार बिदेशीद्धारा संचालित लेकसाईडका रेष्टुरेण्टमा अनुगमन गरिएको भट्टराईले बताए । पोखरामा पछिल्लो समय बिदेशी नागरिकले रेष्टरेण्ट खोल्ने क्रम बढेको छ ।
 
 

कमेन्टहरु
Loading...