सराङ्गकोट पहिलो पुर्ण खोप गाविस घोषणा, नेपालमा १३ प्रतिशत बालबालिका पुर्ण खोपबाट बन्चीत

सागर राज तिमिल्सिना
पोखरा, ३० साउन/कास्कीको सराङ्गकोट गाविस पुर्ण खोप गाविस घोषण भएको छ । सराङ्गकोट गाविसका कार्यलयमा भएको कार्यक्रमा प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले सराङ्गकोट गाविसलाई कास्कीको पहिलो पुर्ण खोप गाविसको घोषणा गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले सराङ्गकोट गाविस पर्यटकीय दृष्टीकोणबाट समेत उत्कृष्ट रहेको बताउदै पुर्ण खोपका शुरुवात हुनु प्रशंसनीय भएको बताए ।
IMG_5128उनले सराङ्गकोटको सिको अन्य गाविसले पनि सिक्नु पर्ने बताउदै कामलाई अघि बढाउन सुझाब दिए । उनले सराङ्गकोटमा खाने पानीको अभाव देखिएको बताउदै राजनैतिक दलका नेता तथा स्थानिय बासीन्दालाई योजना बनाए र अगाडी बढेमा आफुले पनि सहयोग गर्ने बताए । कार्यक्रम स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले कास्कीमा सराङ्गकोट गाविस पहिले पुर्ण खोप गाविस बन्न सफल भएकोमा बधाई दिदै निरन्तरता दिन चुनौती हुने सक्ने भन्दै सजक रहेन अनुरोध गरे ।
कार्यक्रममा जिल्ला जनस्वाथ्य कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद अधिकारीले सरकारले सन् २०१३÷१४ लाई संघन खोप वर्षको रुपमा मनाएको बताए । अधिकारीले संघन खोप वर्षका कारण वालमृत्यु दर घटाउन सघाउ पुग्ने बताए । उनले बालबालिकालाई पुर्ण खोप दिन सकेमा बालबालिकाले अकालमा ज्यान गुमाउनु नपर्ने बताए । त्यसै गरि जिल्ला जनस्थास्थ्य कार्यालय कास्कीका खोप अधिकृत बद्रि आचार्यले पुर्ण खोप अभियानले बालमृत्यु दर घटाउन सहयोग पुग्ने बताए । उनले नेपालमा अहिले प्रति हजार जनामा एक महिनाका शिशुहरु ३३ जनाको मृत्यु हुने गरेको बताए । त्यसै गरि १ हजार जनामा १ वर्ष मुनिका ४६ जनाको मृत्यु हुने र पाचँ वर्ष मुनिका बालबालिकामा १ हजार जनामा ५४ जना बालबालिकाको ज्यान जाने गरेको आचार्यले जानकारी दिए ।
कार्यक्रममा तथ्यांक अधिकृत रिषिराम सिग्देल, नेपाली काग्रेसका युवा नेता युवराज कुबरँ, नेकपा एमालेका लिलाधर पौडेल, राप्रपा कास्कीका उपाध्यक्ष नरहरी तिमिल्सिना, नेकपा माओवादी गाउँ कमितिका अध्यक्ष राजु शर्मा, नेपालीका काग्रेस गाउँ इकाई समितिका अध्यक्ष शसेर बहादुर थापा, नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष रण बहादुर थापा, नेकपा माओवादीका गाउँ इकाइ कमिटि अध्यक्ष मिन बहादुर भुजेल, नेकपा मालेका कुल वहादुर नेपाली लगाएतले शुभकामना दिएका थिए ।
नेपालमा १३ प्रतिशत वालवालिकाहरु पूर्ण खोपवाट वन्चित छन् भने ३ प्रतिशतले खोप नै प्रयोग गर्नबाट बन्चीत रहेका छन् । खोप कार्यक्रममा स्थानीय श्रोत साधनको उपयोग र खोप कार्यक्रममा स्थानीय सहभागिता र अपनत्व विकास गर्ने रहेको छ । कास्कीका देउराली, ढिकुरपोखरी, चापाकोट, हेमजा, धम्पुस, कास्कीकोट, पार्चे लगाएत अन्य गा.वि.स. पनि छिटै पूर्ण खोप गा.वि.स घोषणा गर्ने प्रकृयामा रहको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जानकारी दिएको छ । सराङ्गकोटलाई पुर्ण खोप गाविस बनाउन महिला स्वास्थ्य स्वयंसेविका तथा नागरिक समाजका प्रतिनिधिहरुले प्रत्येक घर दैलो गरि प्रत्येक वालवाकिाहरुले खोपको मात्रा पुरा गरेको एकिन गरिसकेपछि जिल्ला खोप समन्व्यय समितिका प्रतिनिधि केही वडामा सर्वेक्षण गरे पछि घोषणको अनुमती दिएका थियो ।
 

कमेन्टहरु
Loading...