कास्की विद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, २४ असार /कास्की जिल्ला ब्याडमिन्टनको आयोजनामा पोखरामा “१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” हुने भएको छ ।  प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ ।

कास्की जिल्ला व्याडमिन्टन संघका सचिब दुर्गा प्रसाद जोजिजुका अनुसार २०७५ भदौ ९ देखि १२ गते सम्म पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा संचालन हुने प्रतियोगितामा छात्र–छात्र गरि करिब ४ सय ५० जना प्रतियोगिहरुको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्रा–छात्रा सिंगल्स, माध्यमिह तह कक्षा १० सम्म छात्रा–छात्र सिंगल्स र डब्बलस्का इभेन्ट्स हुने सचिब जुजिजुले बताए ।

प्रतियोगितामा यस पटक कक्षा १२ का विद्यार्थीहरुको पनि सहभागिता रहनेछ । कक्षा १२ तर्फ छात्रा–छात्र सिंगल्स र डबल्सका सबै इभेन्ट्सहरु हुनेछन ।  बिजयी प्रतियोगीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथमा आर्कषक पुरुस्कार वा प्रोत्साहन स्वरुप स्र्पोट्स साइकल प्रदान गरिने भएको सचिब जोजिजुले जानकारी दिए ।

प्रतियोगिताका संयोजक शेर बहादुर क्षेत्रीका अनुसार कास्की बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ९५ हजार खर्च लाग्ने जानकारी दिए । कास्की जिल्ला ब्याडमिन्टन संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न विविध कार्यक्रमहरु गर्दै आएको संघका अध्यक्ष डम्मर सिंह गुरुङले बताए । हाल पोखरा रंगशाला भित्र ३ करोड ५० लाख को लागतमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन कोर्ट निर्माण सम्पन्न भए संगै संघले अब कास्कीमा ब्याडमिन्टन एकेडेमी संचालन गर्ने सोच बनाएको अध्यक्ष गुरुङले बताए ।

कमेन्टहरु
Loading...