बाटुलेचौर तीज मेला २०७० भदौ १५ गतेदेखि

पोखरा, ३० साउन/पोखरा—१६, बाटुलेचौरमा हरेक वर्ष हुँदै आएको बाटुलेचौर तीज मेला यस वर्ष यहि भाद्र १५ गतेदेखि २३ गतेसम्म हुने भएको छ । बाटुलेचौर तीज मेला २०७० मूल आयोजक समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरा–१६ बाटुलेचौरको मैदानमा मेला आयोजना गरिने जानकारी दिईएको छ । मेलामा स्थानिय लोक संस्कृति, परम्परा र मौलिकताको जर्गेना गर्ने, ऐतिहासिक थलो बाटुलेचौर मैदान र अति चर्चित महेन्द्र गुफा र चमेरो गुफाको प्रचारप्रसार गरि वडा नं. १६ लाई पर्यटकिय क्षेत्रको रुपमा पहिचान गराउन मेला आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा मेला संयोजक दानवहादुर वानियाँले बताउनुभयो । उहाँले हराउँदै गई रहेको गन्धर्वको कला र संस्कृति जगेर्नासहित आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको पनि स्पष्ट पार्नुभयो ।
मेलामा तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता, ट–ब् साईड फुटबल प्रतियोगिता, प्लस टु स्तरिय छात्र भलिबल प्रतियोगिता, घंैटो फुटाउने, रस्साकस्सी, महिला दौड, बोरा दौड, छेलो प्रतियोगिता, स्रष्टा सम्मान, दैनिक मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम, विभिन्न प्रकारका खाना, खाजाका स्टलहरु, निःशुल्क स्वास्थ्य शिविर लगायत रहेका छन् ।
चण्डिका आमा समुह, गन्धर्व आमा समुह, महिला जागरण संस्था, नव ज्ञानज्योति युवा क्लब, नेपाल गन्धर्व समुदाय विकास केन्द्रको व्यस्थापनमा हुने मेला सम्पन्न गर्नको लागि १४ लाख ५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।
पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक दानबहादुर वानियाँले स्थानिय कलाकारको प्रोत्साहन गर्न मेलामा स्थानिय कलाकारको मात्र प्रस्तुती राखिने जानकारी दिनुभयो । उहाँले फुटवल प्रतियोगिताको लागि ५० टिम सहभागी हुने र दार्ता शुल्क रु ५ हजार तोकिएको जानकारी दिनुभयो । मेला संयोजक दानबहादुर वानियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव भिमबहादुर गायकले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...