पोखरा, २२ असार /तहल्का टुर्स एण्ड ट्राभल्सले पोखरा धुलिखेल पर्यटक बस संचालन गर्ने भएको छ। दुई शहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिमल्सिनाले जानकारी दिए ।
बसहरू एयरकन्डिसन जडित सुविधायुक्त हुने उनको भनाई छ । बस पोखराबाट दैनिक विहान ७ बजे छुट्ने र काठमाडौं हुदै धुलिखेल पुग्ने छ ।
त्यसै गरी धुलिखेलबाट विहान ६ बजे छुट्ने बस बनेपा, भक्तपुर, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु कलंकी हुँदै पोखरा आउने उनले बताए । दुईवटा बसमा सेवा सुरु गर्ने र माग अनुसार थप गर्दै जाने उनले बताए ।