पोखरा हङकङ बजार सस्तो बजारमा सरसफाई

पोखरा, ३० साउन/राष्ट्रिय युवा जनस्वयम् सेवकको अगुवाईमा पोखरा हङकङ बजार सस्तो बजारमा सरसफाई गरिएको छ ।
पोखरा हङकङ बजार व्यवस्थापनका अध्यक्ष दिलीप सुनार र राष्ट्रिय उद्योग व्यापार महासंघका तमुवान संयोजक राजकुमार सुवेदीले संयुक्त रुपमा डस्बीन र कुचो हस्तान्तरण गरेर सरसरफाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सरसफाईका क्रममा २ ट्रक फोहोर संकलन गरि विसर्जन गरिएको राष्ट्रिय युवा जनस्वयम् सेवकले जनाएको छ । सरसफाई कार्यक्रममा क्षेत्र नं ३ का राष्ट्रिय युवा जनस्वयम् सेवकका नवीन गुरुङ्ग, केशव भुजेल, सुक बहादुर परियार, ठाकुर, सन्तोष परियार, समीर थापा, विवेक थापा, कृष्ण सापकोटा, काशीराम लगायत ५५ जना युवाहरुको सहभागिता रहेको थियो ।
 

कमेन्टहरु
Loading...