उपसभामुख र सामाजिक बिकासमन्त्रीलाई जनआन्दोलन शहिद परिवार तथा घाईतेको ज्ञापन पत्र

पोखरा, १८ आसार /जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समिती कास्कीले प्रदेश नम्वर ४ का उप सभामुख र सामाजिक बिकास मन्त्रीलाई ज्ञापन पत्र पेस गरेको छ । समिती कास्कीले प्रदेश नम्वर ४ का उपसभामुख सिर्जना शर्मा र सामाजिक बिकास मन्त्री नरदेबी पुन मगरलाई आफ्ना समस्या र गुनासो संबोधन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सामाजिक बिकासमन्त्रीलाई जनआन्दोलन शहिद परिवार तथा घाईतेको ज्ञापन पत्र

ज्ञापन पत्र मार्फत उनिहरुले घाईते परिचय पत्रको आधारमा प्रदेश सभा, मुख्यमन्त्रीको कार्यलय लगायत बिभिन्न मन्त्रालयमा पासको ब्यबस्था हुनुपर्ने, जन आन्दोलन सहिद परिवार र घाईतेहरुलाई प्रदेश स्तरिय महत्वपुर्ण कार्यक्रमहरुमा नियमित सहभागी गराईनुपर्ने, परिचय पत्रको आधारमा घाईते आश्रित परिवारलाई निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको व्यबस्था शुनिश्चित गरिनुपर्ने, नेपालको संबिधान २०७२ ले जन आन्दोलनका पिडित नागरिकहरुलाई प्रत्याभुत गरेका अधिकार कार्यन्वयन गरिनुपर्ने, लोकतान्त्रिक आन्दोलनका सहिदहरुको सम्मानमा प्रदेश नम्वर ४ स्तरिय सहिदपार्क निर्माण गरिनुपर्ने लगायतका माग गरेका छन् ।

उपसभामुखलाई जनआन्दोलन शहिद परिवार तथा घाईतेको ज्ञापन पत्र

अध्यक्ष ढाकाराम पौडेलको संयोजकत्वमा पुगेको जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समिती कास्कीको प्रतिनिधी मण्डलले आईतबार प्रदेश नम्वर ४ का सामाजिक बिकास मन्त्री पुन मगर र गत शुक्रबार प्रदेश नम्वर ४ का उपसभामुख शर्मालाई आफ्ना समस्या र गुनासो संबोधन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको समिती कास्कीका कोषाध्यक्ष बिजया सुबेदीले गनथन डटकमलाई जानकारी दिईन् ।

जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समिती कास्कीको ज्ञापन पत्र बुझ्दै प्रदेश नम्वर ४ का उपसभामुख शर्माले माग प्रति आफु सकरात्मक रहेको र कार्यन्यवनका लागि पहल गर्ने प्रतिबद्दता ब्यक्त गरिन् । यसैगरी सामजिक बिकासमन्त्री पुन मगरले पनि जनआन्दोलनका शहिद परिवार तथा घाईतेहरुको माग सकरात्मक रहेको भन्दै कार्यन्वयनका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्दता ब्यक्त गरेकी थिईन् । ज्ञापन पत्र बुझाउन अध्यक्ष ढाकाराम पौडेल, सचिब शेखर गौतम, कोषाध्यक्ष बिजया सुबेदी, सहसचिब नारायण सुबेदी लगायतको प्रतिनिधी मण्डल पुगेको थियो ।

कमेन्टहरु
Loading...