गोर्खा शेयर धनीहरुलाई प्रशिक्षण

पोखरा ३० साउन/भुतपुर्व विट्रिस, भारतिय तथा सिंगपुर पुलिसहरुको सझा संस्था गोर्खा कम्युनिटि द्धारा संचालित गोर्खा बचत तथा ऋण सहकारी संस्था बुद्धचोकले आफ्ना शेयरधनीहरुलाई प्रशिक्षण दिएको छ । 
विक्रस सम्बत २०६६ सालमा स्थापना भएको सहकारी संस्थाले आज आफ्ना शेयर धनीहरुलाई एक दिने प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम बहादुर गुरुङले सहजिकरण गर्नुभएको थियो । उहाँले सहजिकरण गर्दै नेपालमा सहकारीहरु कछुवाको चालमा अगाडि बढिरहेको बताउनुभयो । २०१३ साल देखी शुरुवात भएको सहकारी विकास क्रम विस्तारै विकासित हुदै गएको उहाँको भनाइ थियो ।
रेग्मीले शेयरधनीहरुलाई सहकारी र शेयर सदस्य विचको सम्बन्ध, सहकारी शेयर सदस्यहरुको दायीत्व लगायतमा केन्द्रित भएर प्रशिक्षित गराउनुभएको थियो । सहकारी संस्थाका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा गोर्खा सहकारी संस्थाका १ सय जना शेयर सदस्यहरुको सहभागीता थियो । सहकारीको शिक्षा विधाको वार्षिक तालिम अनुसार सहकारीले प्रशिक्षण दिएको सहकारीका शिक्षा संयोजक तथा गोर्खाली रेडियोका उपाध्यक्ष शान्ती गुरुङले जानकारी दिनुभयो । उहाँले प्रशिक्षण कार्यक्रममा प्रत्येक तिन तिन महिनामा गरिने पनि जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा गोर्खा उपभोक्त पसलका अध्यक्ष भिम बहादुर गुरुङले गोर्खा कम्युनिटि द्धारा संचालित सम्पुर्ण संघसंस्थाको बारेमा जानकारी तथा कम्युनिटिका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले भावि योजना प्रस्तुत गर्नुभएको थियो ।
हाल सहकारी संस्थाले हाल गोर्खा बचत, बालबालीका बचत, सवारी कर्जा, आवास कर्जा, व्यवासायी कर्जा, शिक्षा कर्जा सुविधाको रुपमा दिदै आएको छ । ४ सय ८० जना शेयर सदस्य रहेको सहकारीको पुँजी तर्फ करिव १८ करोड र निपेक्ष करिव १४ करोड रहेको छ । गोर्खा कम्युनिटि पोखराले सहकारीको अलाव गोर्खाली रेडिया १०६ मेघाहर्ज, गोर्खा एण्ड वराह ज्वालार्स, गोर्खा उपभोक्त पसल संचालनमा ल्याइसकेको छ ।

कमेन्टहरु
Loading...